आज :

प्रचण्डलाई बसेलको सुझावः माओवादी एकता गरौं, तपाईँहरु अभिभावक बस्नुस्, विप्लवलाई नेतृत्व दिऔं

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष रमेश बसेल ‘करन’ले प्रचण्ड, मोहन वैद्य र बाबुराम भट्टराई अभिभावक बसेर विप्वललाई नेतृत्व हस्तान्त्रण गर्ने गरी माओवादीहरुबीच एकता गर्नुपर्ने बताएका छन् । उनले माओवादी आन्दोलनको रक्षा र विकास चाहने हो भने अब पूरानै तरिकाले सोचेर नपुग्ने बताए । अध्यक्ष करनले वैज्ञानिक समाजवादको लागि विप्लवलाई नेतृत्व दिएर वैज्ञानिक समाजवादको बाटोमा अगाडि नबढ्ने भए एकताको नाममा भ्रमको खेती गरेर समय बर्बादी नगर्न पनि भनेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको माओवादी पार्टी कस्तो बनाउने भन्नेमा सुझाव मागेका थिए । प्रचण्डलाई सुझाव दिँदै बसेलले लेखेका छन्, “अब वास्तवमा नै सुझाव सल्लाह मागेको हो भने र साँच्चै माओवादी आन्दोलनको रक्षा र विकास चाहाने हो भने प्रचण्ड, वैद्य र बाबुराम सल्लाहकार तथा अभिभावक भएर विप्लवलाई नेतृत्व हस्तान्तरण गर्दै वैज्ञानिक समाजवादको बाटो अगाडि बढ्नु पर्छ । होइन भने सबैले आ–आफ्नो नाङ्गलो पसलको ड्म्फु बजाएर बसे हुन्छ । एकता भ्रमको खेती समयको वर्वादी नगर्दै राम्रो !”

संसदीय व्यवस्थामा चुर्लुम्म डुबेर जनयुद्धको लक्ष्य उद्देश्य, जनतासँग गरेका प्रतिवबद्धता, सहिद, बेपत्ता, घाइते र जनमुक्ति सेनाका सपना, योगदान तथा बलिदानलाई तहसनहस पार्दै आफ्नो नातागोलाको स्वार्थपूर्तीमा लाग्ने तर अप्ठ्यारो परेका बेला सम्झिने गरेको बताए । उनले संकटमा सहिद, घाइते र जनमुक्ति सेनालाई सम्झिने नयाँ तरिका नभएको र नाटक भएको समेत बताएका छन् ।

अध्यक्ष बसेलले प्रचण्डलाई यस्तो सुझाव पठाएका छन् –

जनयुद्धका लक्ष्य उद्देश्य, जनतासँग गरेका प्रतिबद्धता, सहिद, बे,पत्ता, घाइते र जनमुक्ति सेनाका सपना, योगदान र बलिदानलाई तहसनहस पार्दै आफ्नो र नातागोताको विभिन्न स्वार्थपूर्ती गर्न सत्तामोह संसदीय व्यवस्थामा चुर्लुम डुबेर वर्षौं समय खर्चिएका महोदयहरु जब अप्ठ्यारो र संकट पर्छ तबमात्र फेरि सहिद, बेपत्ता, घाइते र जनमुक्ति सेना सम्झन्छन् । यस्ता खालका नाटक र रवैया यो पहिलो पटक भने होइन ! मात्र समय र परिस्थिति फरकफरक हुन अझै धेरै नाटक मन्चन त चुनावको बेला देखिने गर्छन् । त्यो घरदैलोमा गएर गोहीको आँसु खसालेर अनि चुनावका घोषणपत्रका ठेलीहरुमा ।

अब वास्तव मा नै सुझाव सल्लाह मागेको हो भने र साँच्चै माओवादी आन्दोलनको रक्षा र विकास चाहाने हो भने प्रचण्ड, मोहन वैद्य र बाबुराम भट्टराईलाई सल्लाहकार तथा अभिभावक भएर विप्लवलाई नेतृत्व हस्तान्तरण गर्दै वैज्ञानिक समाजवादको बाटो अगाडि बढ्नु पर्छ । होइन भने सबैले आ–आफ्नो नाङ्ग्लो पसलको ड्म्फु बजाएर बसे हुन्छ । एकता भ्रमको खेती समयको वर्वादी नगर्दै राम्रो !
सामाजिक संजालमा प्रचण्डले लेखेका थिए– हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपांग एवं शहिद परिवारलगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal