आज :

सर्केगाड गाउँपालिकाको अपिलः कोरोनाविरुद्ध सबै एकजुट बनौं, हुम्लामा जेठ १५ गतेसम्म निषेधाज्ञा थप

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा पनि पछिल्ला केहि दिनहरुमा कोभिड–१९ (कोरोना भाइरस) बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न अध्यक्ष कृष्ण रोकायाले सबैलाई साथ दिन अपिल गरेका छन् । मंगलबार उनले अनलाईन डबलीसँग कुरा गर्दै स्थानिय सरकारले कोरोनाको रोकथामका कार्यलाई ब्यापकता दिए पनि पालिकामा सम्बन्धित सरोकारवाला तथा जनताको साथविना कोरोना विरुद्धको लाडाई जित्न सम्भव नभएकोसमेत बताएका छन् ।

पछिल्ला केहि दिनयता गाउँपालिकामा कोरोनाबारे परिक्षण कार्यलाई तिब्रता दिन थालेको र हालसम्म १६ जनामा कोभिड–१९ पुष्टि भएको बताएका छन् । गाउँपालिका स्वास्थ्य संयोजक सन्तोस धामी,आयुर्वेदिक चिकित्सक सुरक्षा शाही छत्याल, प्रशासकिय नासु पार्बती रोकाया र रोजगार संयोजक हस्त छत्यालसहित ४ जना कर्मचारीमा देखिएको बताए । त्यसैगरी वडा नम्बर ४ मा ५ जनामा, वडा नम्बर ७ मा १ जना र ५ वडामा ४ जनामा कोभिड पुष्टि भाएको बताए । स्वास्थ्य संयोजक धामीलाई उपचारका लागि जुम्ला लगिएको र अरुको सामान्य अवस्था रहेको जानकारी दिए ।

गाउँपालिकामा रोग नफैलियोस भनेर ठाउँठाउँमा हेल्थ डेक्ससहित स्वस्थ्यकर्मीहरु परिचालित गरिएको र आवाश्यक स्वास्थ्य सामाग्रिहरु पनि व्यबस्था गरिएको बताए । केही सामाग्रिहरु बीच बाटोमा अट्किएको र ल्याउने प्रयास भइरहेको जानकारी दिए । सर्केगाड गाउँपालिकामा कार्यरत विभिन्न संघसंस्थाहरुलाई पनि सकेजतिको स्वास्थ्यसामाग्रिहरुतथा जनशक्ति उपलब्ध गराउन समेत सहयोगको अपिलसमेत गरेको बताए ।

यसैबीच हुम्ला जिल्लामा जारी निषेधाज्ञालाई जेठ १५ गतेसम्म थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार मंगलबार बसेको कोभिड व्यवस्थापन केन्द्रको बैठकको सिफारिस अनुसार निषेधाज्ञा थप गरिएको हो ।

जिल्लाका अधिकांश स्थानीय तहमा संक्रमण पुष्टि भएको प्रजिअ आचार्यले बताए । संक्रमण नदेखिएका स्थानीय तहहरुले परीक्षणको दायरा बढाएकाले संक्रमितको संख्या बढ्ने आँकलनअनुसार निषेधाज्ञको समय जेठ १५ गतेसम्मका बढाएको आचार्यले बताए ।

दोस्रो चरणको कोरोना संक्रमाण बढेपछि बाँके र सुर्खेतबाट हवाई मार्ग भएर हुम्ला आएका यात्रुहरुको परिक्षणका क्रममा ८ जनामा संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले वैशाख २२ गते एक सताका लागि राती १२ बजेदेखि लागु हुने गरेर २१ गते निषेधाज्ञ आदेश जारी गरेको थियो । कोरोना संक्रमण परिक्षणको दायरालाई जिल्लाका स्थानीय तहमा बढाएपछि संक्रमितको संख्या बढ्पछि वैशाख २८ गते दोस्रो पटक निषेधाज्ञ जारी गरिएको थियो ।

कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि हुम्लामा निषेधाज्ञको समयावधी थप बढाइएको छ । मंगलबार बसेको जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० को निर्णय अनुशार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञको समय आगामी जेठ १५ गतेसम्मका लागि बढाइएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० गणेश आचार्यले जानकारी दिए ।

संक्रमणको दर नियान्त्रणमा नआएकाले आज बसेको डिसिसिएमसीको बैठकको सिफारिस अनुसार निषेधाज्ञको समय बढाइएको हो , ‘आज ९मंगलबार० राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञको समय सिमा बढाइएको हो ।’ अधिकारी आचार्यले थपे ।
एनका अनुासार यस चरणमा सरकारी कार्यालयको काम, बैंक तथा बित्तिय संस्था, विकास आयोजनाका कामलाई स्वास्थ्य मापदण्ड अपनाएर

चरणबद्ध रुपमा सञ्चालन गर्न दिने निर्णय भएको छ । हाल तेस्रो चरणमा पनि पूर्णरुपमा बन्द भएको बैंक तथा वित्तिय संस्थालाई बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म कर्मचारीको संख्या घटाएर अत्यावश्यक काम गर्न पाइने छ । कार्यालयबाट सञ्चालन भएका आयोजनाको काम अघि बढाउन सम्बन्धित कार्यालयको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले पास जारी गरेर सिमित व्यक्तिलाई सिमकोट आवत जावत गर्न पाइने व्यवस्था यस पटक गरिएको छ ।।

हवाई माध्यमबाट बाँके र सुर्खेतबाट आएका खाद्यन्न, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्रीलाई सम्बन्धित निकाय र व्यक्तिले ७२ घण्टापछि मात्रै बुझ्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञमा अत्यावश्यक काम बाहेक अन्य काम गर्न नपाईने बताइएको छ । निषेधाज्ञको अवधीमा स्वाथ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी फोहोरमैला व्यवस्थापन, ग्याँस पेट्रोलियम पदार्थ, तरकारी, खाद्य, दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा सञ्चालनमा आउने छन् । यसैगरी जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दुध, ग्याँसका पसल बिहान ७ बजेदेखि १० बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal