
काठमाडौं । नेपाल कोरोना भाइर संक्रमणमुक्त हुनेको संख्या बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ६ हजार ८९१ जनाले कोरोना जितेर घर फर्र्किएका छन् ।
यो संख्या अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ । केही दिनदेखि संक्रमण दर घट्दै गएको र निको हुने दर बढेको छ । तर, सोमबार संक्रमित संख्या यो साताकै बढी थियो भने आज घटेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।
आज थपिएका थरी देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हिजोको भन्दा कम हो । हिजो एकै दिन २१४ जनाको ज्यान गएको थियो ।
मन्त्रालयले दिएको जानकारीअनुसार २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ६३५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ हजार ४९, ललितपुरका ३६५ र भक्तपुरका २२१ जना छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २३४, प्रदेश २ मा ५१५, बागमती प्रदेशमा ३ हजार ९२१, गण्डकीमा, ६५०, लुम्बिनीमा १ हजार ४२, कर्णालीमा ४५८ र सुदूरपश्चिम प्रदेशमा ३१६ जना संक्रमित थपिएका छन् । बढीले कोरोना भाइरस गएको २४ घण्टामा नेपालमा आठ हजार दुई सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार दुई सय ८६ जनाको पीसीआर र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
- फाइल फोटो