
काठमाडौँ । कोरोना भाइरस संक्रमित पत्रकार लक्ष्मण बस्नेतेको निधन भएको छ । रेडियो हापुरेका संस्थापक स्टेशन म्यानेजर दाङ बबई गाउँपालिका वडा नं. ४ निवासी पत्रकार बस्नेतको सोमबार दिउँसो निधन भएको हो ।
नेपाल पत्रकार महासंघ दाङका सदस्य समेत रहेका ३३ वर्षिय बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ६ दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो तर स्वास्थ्यमा सुधान भने भएको थिएन । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको आइसियु कक्षमा उपचार भइरहेको थियो । निमोनिया र स्वासप्रस्वासमा भने समस्या थियो ।
पत्रकार बस्नेतका बुबा टोपबहादुर बस्नेतको कोरोना संक्रमणबाट भैरहवामै उपचारको क्रममा आइतबार निधन भएको थियो । नेकपा एमालेका जिल्ला नेता समेत रहेका टोपबहादुरलाई स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएको थियो ।
पत्रकार बस्नेतको निधनले रेडियो हापुरेबाट प्रशारण हुने समाचारबाहेक सूचना तथा मनोरञ्जनका संपूर्ण कार्यक्रम आज एक दिनलाई बन्द गरेको छ । त्यस्तै जिल्लाका संचार संस्था तथा पत्रकारहरुले गहिरो समवेदन व्यक्त गरेका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट १४ जना पत्रकारको ज्यान गइसकेको छ भने सयौं संक्रमित रहेका छन् ।