आज :

मन्त्री भट्टको पहलमा सुदूरपश्चिमका तीन अस्पताललाई २३ करोड ४० लाख निकासा

धनगढी । कोरोना संक्रमितको उपचार गरिरहेका सुदूरपश्चिम प्रदेशका तीन अस्पताललाई अक्सिजन ट्यांक, आइसीयू र भेन्टिलेटर खरिदको लागि सरकारले रकम निकासा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट र अरु दुईजना सांसदको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २३ करोड ४० लाख बजेट निकास गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टसँगै सांसद नारद र निरुदेवी पालको पहलमा मन्त्रालयले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न निकास गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशीक अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटर र अक्सिजन ट्याङ्क खरिद गर्न ६ करोड ८० लाख, महाकाली अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटरसहित एउटा अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क जडान गर्न ९ करोड ८० लाख, त्यस्तै डडेल्धुरा अस्पतालमा पनि १० आइसीयू, ५ भन्टिलेटर र एउटा अक्सिजन टयाङ्क खरिद गर्न ६ करोड ८० लाख रकम निकासा गरिएको छ ।

योसँगै सुदूरपश्चिमका कोरोना संक्रमितको लागि उपचारमा सहजता आउने अपेक्ष गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal