
काठमाडौं । राजधानी काठमाडौँसहित देशभर निषेधाज्ञा छ । सार्वजनिक यातायत, हवाई र निजी सवारी सधान बन्द छन् । तर, नेपाल आयल निगमले पेट्रोललियम पदार्थको मूल्य बढाएको छ ।
निगमले आज राति १२ बजेबाट लागु हुनेगरी डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको छ ।
मूल्यवृद्धि पछि नयाँ मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।