![](https://onlinedabali.com/wp-content/uploads/2021/05/oli_nepal-e1621159546760.jpg)
काठमाडाैँ । नेकपा (एमाले) भित्रकाे विवाद मिलाउन १० सदस्य कार्यदल बनेकाे छ । आइतबार अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भएकाे वार्ताले दुबै पक्षबाट ५-५ जना सम्मिलित कार्यदल गठन गरेकाे हाे ।
कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
कार्यदल बनेपनि यसकाे समयबारे ओली र नेपालबीच सहमति जुटेन । नेता नेपालका अनुसार कार्यदलले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको बताए । तर जवाफमा प्रधानमन्त्री ओलीले थप समय चाहिने धारणा राखेको बताएको नेता नेपालले संचारकर्मीसँग भने ।
शुक्रबार भएकाे छलफलले कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई दिएकाे थियाे । एमाले फुटकाे डिलबाट फर्केकाे छ । अध्यक्ष ओली २०७५ जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने तयार भएपछि एमाले फुटबाट बचेकाे हाे ।