आज :

बादललाई कार्यदलको सदस्य नमान्ने नेपाल समूहको निष्कर्ष

काठमाडौं । नेकपा (एमाले)को नेता माधव कुमार नेपाल समूहले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कार्यदलमा राख्न नहुने निष्कर्ष निकालेको छ । नेपाल समूहको शनिबार भएको भर्चुअल छलफलमा केन्द्रीय सदस्यहरुले बादललाई कार्यदललाई राख्ने प्रस्तावको विरोध जनाएका थिए ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विवाद समाधान गर्न बनाइएने कार्यदलमा बादललाई पनि प्रस्ताव गरेका छन् । छलफलमा अधिकांश सदस्यहरुले बादललाई एमालेको विवाद कुनै जानकारी नभएको भन्दै कार्यदलमा राख्नुको कुनै अर्थ नभएको धारणा राखेका थिए । बादललाई कार्यदलमा राख्ने ओलीको प्रस्तावप्रति आशंका पैदा भएको बक्ताहरुले धारणा राखेको एक नेताले जनाए ।

“हालै मात्रै माओवादीबाट आएकालाई एमालेको विवाद मिलाउने कार्यदलमा राख्नु नै हास्यस्पद कुरा हो, अध्यक्षको प्रस्तावले विवाद समाधान गर्नेमा आशंका पैदा गरेको कुरा धेरै साथीहरुले छलफलमा राख्नुभयो” एक नेताले भने । उनका अनुसार बादललाई कार्यदलमा राख्न नहुनेमा बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा नेपालपक्षका नेताहरूले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने र गत फागुन २८ गतेको निर्णय खारेजी हुनुपर्ने धारणा राखेको थिए । यसमा ओली तयार नभए नझुक्न नेताहरुलाई केन्द्रीय सदस्यहरुले सुझाव दिएका थिए । ओली र नेपालबीच भएको वार्ता, त्यसपछि सिंहदरबार भएको सामुहिक बैठकको सहमतिअनुसार एमालेको विवाद समाधान गर्न कार्यदल बनाउने तयारी भइरहेको छ ।

केन्द्रदेखि जिल्लासम्म समानान्तर कमिटी बनाएको नेपाल समूहले प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको नदिएपछि विवाद उत्कर्षमा पुगेको थियो । नेपाल समूहका सांसदहरुले सामुहिक राजिनामाको बाटो रोजेका थिए तर ओली एक कदम पछि हटेर वार्ता र संवाद थालेपछि रोकियो । नेपाल समूहले राजिनामा दिएपछि सरकार गुम्ने भएपछि ओली एक कदम पछि हट्न तयार भएका हुन् । यो कहिलेसम्म रहन्छ भन्न नसकिने एमालेकै नेताहरु बताउँछन् ।

ओली पछि हट्न तयार भएपछि नेपाल समूहका नेताहरु उत्साहितसँगै सशंकित पनि छन् । त्यसैले विश्वासको मत लिनुभन्दा पहिले नै विवाद मिलाउनु पर्नेमा जोड दिइरहेका छन् । ओलीले विश्वासको मत लिएपछि फेरि उस्तै व्यवहार गर्ने नेपाल समूहलाई डर छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal