आज :

प्रधानमन्त्रीको सपथ आज दिउँसो २ बजे, नेपाल समूहका नेताहरु पनि मन्त्रीमा लैजाने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो सपथ लिँदैछन । विपक्षी गठबन्धनले वैकल्पिक सरकारको लागि बहुमत पुर्याउन नसक्दा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा भित्र बहुमत जुटाउन नसक्दा विहीबार राति १० बजे ओलीलाई ठूलो दलको हैसियतमा पुनः नियुक्त गरेकी हुन् । राति ९ बजेसम्म नयाँ सरकार गठनको लागि समय दिइएको थियो । बैशाख २७ गते संसदमा अविश्वास मत लिन असफल भएपछि ओली पदमुक्त भएका थिए ।

समयसीमा भित्र विपक्षीले बहुमत पुर्याएर दाबी पेश गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

त्यसबेला उनले विश्वासको मत पाएनन् भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् । यो हेर्दा अब देश मध्यावधि चुनामा गएको विश्लेषण हुन थालेको ।

प्रधानमन्त्री ओलीले एमालेभित्रको आन्तरिक विवाद मिलाउन नेपाल समूहका नेतााहरुलाई पनि मन्त्रिपरिषदमा लैजाने छलफल थालेका छन् । पहिलो दिनमा नेपाल समूह सहभागी भए देशभर राम्रो सन्देश जाने भन्दै ओलीले आजै एक दुई जनालाई मन्त्रीमा नियुक्त गर्ने गरी छलफल गरेका छन् । तर, नेपाल समूहले पहिले आफूले राखेको शर्त पूरा गर्नुपर्ने अडान लिएको छ ।

हिजो दिउँसो ओली र नेता नेपालबीच झण्डै चार घण्टा चलेको वार्ता सकारात्मक भएपछि सामुहिक राजिनामा आएन । भेटपछि नेता नेपालले आफूहरुको राजिनामा चार दिनलाई टरेको प्रतिक्रिया दिए ।

ओलीलाई सहयोग गर्दै आएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह तटस्थ नबसेर विपक्षी गठबन्धनलाई साथ दिएको भए काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बाटो खुल्थ्यो । तर, देउवालाई न ठाकुर समूहले समर्थन गर्यो न नेपाल समूहले राजिनामा दियो । यी दुई समूह ओलीलाई पुनः निरन्तरता दिने वा नयाँ सरकार गठन गर्ने भन्नेमा निर्णय भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal