आज :

नयाँ सरकार गठनको लागि दिएको समयसीमा सकियो, पुनः ओली नै प्रधानमन्त्री

काठमाडौं । केपी शर्मा ओली नै पुनः प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको लागि बहुमत जुटाउन नसकेपछि ओली नै पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । बहुमत जुटाउन नसकेपछि काँग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकारको दाबी नगर्ने निर्णय गरेका थिए ।

संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिएपछि ठूलो दलको हैसियतमा ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त हुने भएका हुन् । नयाँ सरकार गठनको लागि निणर्यक मानिएको एमाले नेता माधव कुमार नेपाल समूहसँगको ओलीको नयाँ सहमतिसँगै नयाँ सरकार बन्ने बाटो अवरुद्ध भएको छ । नयाँ सरकार बन्नको लागि कि जनता समाजवादी पार्टीले समर्थन गर्नुपर्ने कि नेपाल समूहका सांसदहरुले राजिनामाम गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

जसपाको महन्थ ठाकुर समूहले सहयोग नगरेको र नेपाल समूहका नेतामाथिको कारवाही फिर्ता गरेर संवाद सुरु भएपछि नयाँ सरकार बनाउने काँग्रेस र माओवादी केन्द्र नयाँ सफल हुन सकेनन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीबार विहान भेट गरेर सहयोग गर्न प्रस्ताव गरेका थिए । तर, ठाकुर र महतोले साथ दिन नसक्ने जवाफ दिए ।

वैकल्पिक सरकार गठन गर्ने कांग्रेस–माओवादी केन्द्रको प्रयास असफल भएपछि ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको नेताको रुपमा प्रधानमन्त्री  नियुक्त गर्ने तयारी गरेकी छन् । ओलीलाई समयभित्र प्रधानमन्त्री नियुक्त गरी शसथ पनि आज राती नै गराउने तयारी भइरहेको छ ।  अब एक महिनाभित्र ओलीले बहुमत सिद्ध गर्नुपर्ने छ ।

त्यसपछि नेपाल समूहको भरमा थिए कांग्रेस–माओवादी केन्द्रका नेता । दिउँसो ओली र नेता नेपालबीचको वार्ता सकारात्मक दिशातिर अन्मुख भएसँगै काँग्रेस र माओवादी केन्द्रले औपचारिक रुपमा नै सरकारको दाबी नगर्ने निर्णय गरेका थिए । दुबै नेताबीच झण्डै साढे ४ घण्टा वार्ता गरेका थिए । कार्यदल बनाएर समस्या हल गर्ने सहमति भएको थियो ।

अध्यक्षको हैसियतमा ओलीले २८ फागुनयता गरेका निर्णयहरु फिर्ता गर्नुपर्ने र २ जेठ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको शर्त थियो । उक्त मागलाई सम्बोधन गर्न कार्यदल बनाउन ओली सहमत भएपछि नेपाल समूहका सांसदहरुले ठिक्क पारेको राजिनामा दिएनन् । यो सँगै प्रधानमन्त्री बन्ने देउवाको सपना पूरा नहुने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal