आज :

ओली र नेपालबीच वार्ता, जेठ २ को अवस्थामा ओली नफर्किए सामुहिक राजिनामा

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । विहीबार विहान एमालेको स्थायी समिति नेपालसहित चार नेताविरुद्धको कारवाही फिर्ता लिएपछि वार्ताको वातावरण बनेको थियो ।

बूढानीलकण्ठ, चपली हाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा दुबै नेताबीच अहिले पनि वार्ता भइरहेको छ । संसदमा ओलीले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनको लागि दिएको समय सीमा आज सकिँदैछ ।

नेपाल समूहका सांसदहरुले सामुहिक राजिनामा दिए ओलीलाई हटाएर नयाँ सरकार बन्नेछ भने नभए ओलीनै सरकारमा निरन्तरता पाउनेछन् । सामुहिक राजिनामाबारे नेपाल समूहका नेताहरुले कानुनी परामर्श समेत गरिरहेका छन् । आजको वातालाई निणर्यक मानिएको छ ।

नेता माधव कुमार नेपाल समूहले सर्वोच्च अदालतको आदेशमा ब्युँतिनुभन्दा पहिला अर्थात जेठ २ को अवस्थामा ओली फर्किनुपर्ने शर्त राख्दै आएको छ । ओली आफ्नो मागमा सहमत नभए सामुहिक राजिनामा दिने नेपाल समूहको तयारी छ । संसदमा विश्वासको मत दिन नगएर नेपाल समूहका सांसदहरुले बहिस्कार गरेका थिए । संसद बैठक सुरु हुनुभन्दा पहिले नै राजिनामाको तयारी भएपनि अन्तिममा आएर रोकिएका थिए । ओलीलाई नेपाल समूहले दिएको अल्टिमेटममा समेत ओलीले कुनै चाँसो देखाएपछि राजिनामा रोकिएको थियो ।

ओली समूहका दोस्रो तहका नेताहरुले नेपाल समूहका नेताहरुसँग अनौपचारिक वार्ता गर्दै आएका थिए । हिजो मात्रै नेता विष्णु पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका थिए । हिजोको भेटवार्तापछि वातावरण केही सकारात्मक बन्दै गएको थियो । ओलीले विहीबार विहान एमालेको स्थायी समिति बैठकले नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको निलम्बनको कारवाही फुकुवाको गरेका थिए । कारवाही फुकुवाको निर्णयलाई माधव पक्षका गोकर्ण विष्ट, योगेश भट्टराई लगायतले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

वार्ताको लागि तयार भएपनि प्रधानमन्त्री ओली जेठ २ मा फर्कनुपर्ने नेपाल समूहको शर्त मान्न तयार भाइसकेका छैनन् । आजको वार्ता विफल भए नेपाल समूहका नेताहरुले सामुहिक राजिनामा दिनेछन् । त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने बाटो खुला हुनेछ । सिंगो जनता समाजवादी पार्टीले विपक्षी गठबन्धनलाई साथ नदिएपछि नयाँ सरकार बन्न सकेको छैन ।

नेपाल समूहले आज पनि राजिनामा नदिने र जसपाले निर्णय नगर्ने हो भने राष्ट्रपति विद्यादेवी भण्डारीले आजै ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal