आज :

आजबाट काठमाडौँमा अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द हुने, निषेधाज्ञा थप कडा

काठमाडौँ । आजबाट काठमाडौंमा अत्यावश्यकबाहेकका सबै सरकारी र गैरसरकारी कार्यालय बन्द हुने भएका छन् । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सूचना जारी गरेर कोरोना भाइरसको जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जानकारी दिएका छन् ।

बुधाबार जारी गरेको सूचनामा काठमाडौं कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि यस्तो निर्णय गएिको जनाइएको छ । “निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लामा रहेका कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने÷गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ” प्रशासनले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ ।

सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ ।

कोरोनाको हटस्पट बनेको काठमाडौं उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३२ सय ५०, भक्तपुरमा २२६ जना र ललितपुरमा ४४८ जना गरी ३ हजार ९२४ जनामा संक्रमण देखिएको हो । यस्तै हिजो उपत्यकाका सहित ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

विभिन्न अस्पतालमा पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराएकाहरुमध्ये ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका थिए ।

त्यसैगरी हिजो कोरोनाबाट थप १६८ जनाको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको थियो । त्यस्तै, हिजो थप ४ हजार ४४४ जना कोरोना निको भएर घर फर्किएका थिए । काठमाडौँसहित देशभर बुधबारसम्म १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका थिए । जसमा ५१७ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal