आज :

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि गुरुङ नियुक्त, नेपाल समूहका सांसदले दिएनन् राजिनामा

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुव्वा गुरुङ फेरि नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता समेत रहेका गुरुङलाई प्रदेश प्रमुख सीता कुमार पौडेलले नियुक्त गरेकी हुन् । विपक्षी गठबन्धनले आवश्यक बहुमत पुर्याउन नसक्दा ठूलो दलको हैसियतले गुरुङ फेरि नियुक्त भएका हुन् । उनले आजै शपथ लिने तयारी भइरहेको छ ।

अन्तिमसम्म पनि जनमोर्चाका दुई जना सांसद समर्थन जुटाउन र एमालेको माधव कुमार नेपाल समूहका दुई जना सांसदले राजिनामा गराउन नसकेपछि नयाँ सरकार गठन हुन सकेन । जनमोर्चाका सांसदहरुले पार्टीको निर्देशन नमानेपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले नेपाल समूहका सांसदहरुलाई राजिनामा गराउने प्रयास गरेका थिए । तर, त्यो पनि सफल हुन सकेन ।

मुख्यमन्त्रीमा कांग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाएका थिए । तर, बहुमत पुग्ने नदेखिएपछि प्रदेश प्रमुख पौडेलले प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरेकी हुन् । प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएकोले फेरि गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको बताएको छ । विपक्षी गठबन्धनमा नरहेको बताएपछि बहुमत पुग्न नसकेको भन्दै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा बढी सांसद रहेको एमाले संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

अविश्वास प्रस्तावमाथि मतदान हुनुभन्दा एक पहिला बैशाख २६ गते मुख्यमन्त्री गुरुङले राजिनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन आह्वान गरेकी थिइन् ।

कुल  ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसद चाहिन्छन । अहिले सत्तासीन एमाले र विपक्षी गठबन्धनमा २८÷२८ जना सांसद छन । राष्ट्रिय जनमोर्चाका ३ सांसदले जसलाई समर्थन ग¥यो उसैको सरकार बन्ने अवस्था भएपछि राजमो निर्णायक शक्ति बनेको थियो । राजमो केन्द्रले विपक्षी गठबन्धनलाई सहयोग गर्ने भनेपछि अन्य तीन दलले मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ बिरुद्ध बैशाख २ मा अविश्वास प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal