
काठमाडौँ । नेपाल कोरोना भाइरसबाट थप १६८ जन संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर थप १६८ जनाले उपचारको क्रममा ज्यान गुमाएका छन् । निधन भएकोमध्ये धेरै अस्पतालमा उपचार भइरहेका छन् ।
देशभर अक्सिजन अभाव भएसँगै उपचार गराईरहेका र उपचारको लागि अस्पताल खोज्दाखोज्दै ज्यान जान थालेको हो । अक्सिजना आपूर्ती अझै अहज नभएकोले यो संख्या अझै बढ्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ । यही
त्यसैगरी बुधबार थप ४ हजार ४४४ जना निको भएर घर फर्किएका छन् । आज पनि सबैभन्दा बढी काठमाडौँमा ३ हजार २५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल ३ हजार ९२४ जनामा संक्रमण पुष्टि भएको छ ।