
काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या एक लाख नजिक पुगेको छ । बुधबार विहानसम्म आउँदो यो संख्या पुगेको हो । मंगलबार संक्रिय संक्रमितको संख्या ९७ हजार ८ सय पुगेको छ ।
नयाँ संक्रमितबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्ट गर्न बाँकी छ । त्यस्तै, कोरोना जितेर समान्य जीवनमा फर्किनेको संख्यामा पनि बढ्दै गएका छन् । मंगलबार अहिलेसम्मकै धेरै ५ हजार २२५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
त्यसैगरी मंगलबार अहिलेसम्मकै धेरै २ सय २५ जना संक्रमितको ज्यान गएको थियो । यो प्रत्येक एक घण्टामा ९ जनाको निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ८४ पुगेको छ ।
कोरोनाको हटस्पट बनेको काठमाडौँ उपत्यकामा ३ हजार ९२७ जनामा संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा २ हजार ७८८, भक्तपुरमा ५ सय ३७ र ललितपुरमा ६ सय २ जनामा संक्रमण पुष्टि भएको थियो ।
मंगलबार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन ३१ जनाको ज्यान गएको थियो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ र अछाम जिल्लामा गरी ३१ जनाको ज्यान गएको हो ।
सबैभन्दा धेरै कञ्चनपुरमा१६ जना, कैलालीमा १० जना, बझाङका २ जना, अछाम, बैतडी र डडेल्धुराका १÷१ जनाको मृत्यु भएको निर्देशनालयले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो सँगै सुदूरपश्चिममा मात्रै २ सय ८१ जनाको कोरोनाबाट ज्यान गइसकेको छ ।
प्रदेशभर ८ सय १८ जना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७ सय २३ जनाको परीक्षण गर्दा झण्डै आधामा संक्रमण पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २५ हजार ७ सय पुगेको छ ।