आज :

प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन्, ओलीको पक्षमा ९३, विपक्षमा १२४ मत खस्यो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन सकेनन् । विश्वासको मत लिने प्रयोजनाको लागि आज बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत गुमाएका छन् । योसँगै वर्तमान सरकार काम चलाउन भएको छ ।

संसदको विशेष अधिवेशनमा कुल मत २३२ खसेको थियो । जसमा ओलीको पक्षमा ९३ सांसदहरुले मत दिएका छन् । त्यस्तै, विपक्षमा १२४ सांसदहरुले मत दिएका छन् । त्यस्तै, तटस्थमा १५ मत रहेको छ । ओलीले राखेको विश्वास छ भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख अग्नी सापकोटाले घोषणा गर्दै बैशाख ३० गतेको लागि संसद बैठक स्थगित गरे ।

संसद बैठकमा ओलीले आफ्नो सरकार जनताको हितमा काम गरिरहेको भन्दै विश्वासको मत दिन आग्रह गरेका थिए । उनले कोरोना महामारीमा कसैले भ्रष्टाचर गरेको भन्दै विरोध भइरहेको भन्दै दुःख व्यक्त गरे । उनले कसैले भ्रष्टाचार गरेको पाइएमा कारवाही गरिने बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत नदिनु पर्ने कुनै कारण नभएको भन्दै मत दिन सबै सांसदहरुसँग अपील गरे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रचण्डले विश्वासको मत लिने गलत नियत भएकोमा आफूलाई शंका लागेको बताए । संसदमा विश्वासको मत पाउदैन भन्ने जानकारी हुँदाहुँदै फेरि संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जानकै नाटक गरेको आशंका गरे ।

प्रचण्डले आफैले विघटन गरेको संसदबाट विश्वासको मत माग्ने नैतिक अधिकारी समेत नभएको बताए । उनले ओलीबाहेक सबै सांसदहरुलाई विपक्षमा मतदान गर्न अपील समेत गरे ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी विश्वासको मतको पक्ष वा विपक्षमा नभएको जानकारी गराए । उनले मधेसी अझैं अन्ययमा भएको बताए । आफ्नो नेता, सांसद, जनप्रतिनिधि जेल र तारेखमा भएको भन्दै यस्तो अवस्थामा कुनै पक्षमा नलाग्ने बताए ।

सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । ओली लोकतान्त्रिकरण भन्दा पनि फासीवादतिर लागेको बताए । सरकारकै कारण कोरोनाको दोस्रो लहर चलेको बताए । उनले हजारौं सहभागी गराएर उद्घाटन र रथयात्रा गरेको, विश्वा स्वास्थ्य संगठनको चेतावनीलाई बेवास्ता गरेकै कारण कोरोनाको अहिलेको अवस्था सिर्जना भएको बताए ।

सरकारकै मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अध्यादेशबाट शासन चलाउने यात्रामा ओली भएकोले कसरी मत दिने ? भन्ने प्रश्न समेत गरे । यादवले ओलीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा आफ्ना सांसदहरुलाई मत दिन आग्रह समेत गरे । जबकी जसपाले पक्ष वा विपक्षमा कतै मत नदिने निर्णय गरेको थियो ।

नेमकिपाका सांसद प्रेस स्वाल, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समेत प्रधानमन्त्रीको काम कारवाहीप्रति आलोचना गरेका थिए ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले कुनै षड्यन्त्र नगरेर पाँच वर्षसम्म सरकारलाई काम गर्न दिलाउन संसदमा उपस्थित भएको बताए । उनले फेरि पनि विश्वासको मत मागे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal