आज :

प्रधानमन्त्री ओलीले विश्वासको नपाउने निश्चित जस्तै, नयाँ सरकार बन्ने छैन छाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनाको लागि आज दिउँसो १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ । आजै विश्वासको पक्ष र विपक्षमा मतदान हुन लागेको छ ।

संसदको कार्य व्यवस्था परामर्श समितिले संसद बैठक आजै सक्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले कार्यसूची समेत बताएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेकाले प्रतिनिधिसभा बैठक बस्न आवश्यक रहेको व्यहोराको पत्र यसअघि नै राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पठाएको छ । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गर्नेछन् ।

संसद अधिवेशनमा ओलीले विश्वासको मत माग्ने छन् । त्यसको लागि समय लिएर ओलीले आफ्नो विषय राख्नेछन् । त्यसपछि छलफल सुरु हुनेछ । त्यसैगरी पूर्वप्रधानमन्त्री तथा दलका नेताहरुले आआफ्ना धारणा राख्नेछन् । नेताहरुले बोल्ने क्रम सकिएपछि ओलीले उठेको प्रश्नमाथि जवाफ दिनेछन् । त्यसपछि मत विभाजनको कार्यतालिका रहेको छ । त्यसको लागि सभामुख कार्यतालिका अनुसार अगाडि बढ्ने छन् ।

मत विभाजनमा सांसदहरुले ओलीले प्रस्तुत गरेको विश्वासको मतको पक्ष विपक्षमा मतदान गर्नेछन् । प्रतिनिधिसभामा हाल कायम सांसदहरुको संख्या २७१ छ । प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ सांसद चाहिन्छ । संसदमा सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् ।
ओलीलाई एमालेकै माधव कुमार नेपाल समूहले अहिले विहान ९ बजेसम्मको समय सीमा दिएको छ । उसले ६ बुँदे पत्र पनि पठाएको छ । ओलीले नेपाल समूहका माग पूरा गर्ने प्रतिवद्धता सार्वजनिक रुपमा नगरे सामुहिक राजिनामा दिनेछन् । नेपाल समूहका कति सांसदहरुले राजिनामा दिन्छन् भन्ने अहिले नै प्रष्ट भइनसकेको हुँदा ओलीलाई एमालेलबाट कति मत खस्छ भन्ने नसकिने अवस्था छ । तर, ओलीले नेपाल समूहको माग पूरा गरेपनि जनता समाजवादी पार्टीले मत नलिए विश्वासको मत पुग्दैन । जसपाले फुटलाई टार्न मत दिने नदिने अधिकार सांसदहरुलाई नै दिने निर्णय गरेको छ । सुरुदेखि नै विपक्षमा उभिएका अध्यक्ष उपेन्द्र यादव र कार्यकारी समिति अध्यक्ष बाबुराम भट्टराईले समर्थन नगर्ने बित्तिकै ओलीले विश्वासको मत पाउने छैनन् । यादव र भट्टराई पक्षमा संसदीय दलमा बहुमत रहेको बताइन्छ । भट्टराईले आफ्नो नीतिका कारण ओलीले विश्वासको मत नपाउने निश्चित भएको सार्वजनिक रुपमै बताइसकेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने निश्चित जस्तै भइसकेपनि वैकल्पिक सरकार .बन्ने भने कुनै संकेत देखिएको छैन । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र माओवादी केन्द्र दुबैले मात्रै नयाँ सरकार बनाउन सक्ने अवस्था छैन । नयाँ सरकारको लागि पनि जसपाको अनिवार्य आवश्यता छ । उसले अहिलेसम्म नयाँ सरकारबारे कुनै निर्णय गरेको छैन । अर्को कुरा संसदको विशेष अधिवेशन आजै अन्त्य हुँदैछ । ओलीले विश्वासको मत नपाएपनि प्रधानमन्त्री भइरहने देखिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal