आज :

राजिनामा पत्र बोकेर नेपाल समूहका सांसदहरु सिंहदरबारमा, रोक्ने ओलीको अन्तिम प्रयास

काठमाडौं । नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु राजिनामा पत्र बोकेर सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेका छन् । केही बेरअघि मात्रै राजिनामाबारे नेपाल समूहको भर्चुअल बैठक सकिएको थियो ।

नेता नेपालसहित योगेश भट्टराई र सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी, पवित्रा निरौला लगायत सांसदहरु राजिनामा पत्र बोकेर संसद् सचिवालयमा पुगिसकेका छन् । राजिनामा पत्रमा कति जनाको नाम छ भन्नेबारे यकिन हुन सकेको छैन । नेपाल समूहका प्रत्यक्षतर्फका २२ सांसदले राजिनामा दिएको अनुमान गरिएको छ ।

तर, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ताम नेता नेपालले आफूसँग पत्यक्षतर्फका २५ सांसद रहेको बताएका थिए । भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको विश्वासको मतलाई असफल बनाउन नेपाल समूहका सांसदहरुले सामुहिक राजिनामा दिन लागेका हुन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अन्तिममा आएर एकता जोगाउन भन्दै विश्वास पात्रलाई छलफलको लागि पठाएका छन् । राजिनामा दिन सिंहदरबार पुगेका नेता नेपाललाई भेट्न ओली समूहका नेता विष्णु पौडेल र सुवास नेम्वाङ पनि त्यही पुगेका छन् । ओलीको सन्देश भन्दै राजिनामा नदिन आग्रह गरेको बताइएको छ ।

भेटवार्ता भएको फोटो संचारमाध्यमहरुमा सार्वजनिक भएको छ । जनता समाजवादी पार्टीले ओलीलाई मत दिन नसक्ने निर्णय सुनाएपछि ओली नेपाल समूहलाई फकाउन लागेको बताइएको छ ।

ओली समूहका दोस्रो तहका नेताहरुसँग भएको छलफलमा नेपाल समूहले फागुन २८ गते र त्यसपछि बालुवाटारमा बसेका बैठकहरुले गरेका निर्णय खारेज गर्नुपर्ने आफ्नो बटमलाइन रहेको स्पष्ट पारेको थियो । उक्त मागप्रति ओली सकारात्मक नभएपछि नेपाल समूह राजिनामाको बाटो समातेको हो ।

ओलीले फागुन २८ मा आफू निकट नेताहरुको भेला गरेर पार्टी विधान संशोधन गर्दै नेपाललगायतका नेताहरूको जिम्मेवारीबाट हटाउँदै निष्काशान गरेका थिए । ओलीले संसद्मा निर्वाचित नेपालसहित तीसजनालाई स्पस्टीकरण सोधेर कारबाहीको तयारीसमेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal