आज :

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, विशेष अधिवेशन माग

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भाएको छ । नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेसलगायत विपक्षी दलका ४० सांसदहरुले आइतबार अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

अल्पमतमा परेपछि केही पहिले पोखरेलले राजिनामा दिएर संसद अधिवेशन अन्त्य गरेर सोही दिन पुनः नियुक्त र शपथ लिएका थिए । आफ्नै पार्टी नेकपा एमालेकै सांसदहरुले असहयोग गरेपछि अल्पमतमा परेका पोखरेलले आफूसँग बहुमत भएको भन्दै प्रदेश प्रमुख सक्षम पेश गरेका थिए ।

पोखरेललाई पुनः नियुक्त गर्नु असंवैधानिक भएको भन्दै विपक्षी दलहरुले विरोध गर्दै आएका थिए । नियुक्तपछि शपथ रोक्न प्रदेश प्रमुख कार्यालयमा धर्ना दिएपनि मुख्यमन्त्रीकै कार्यालयमा शपथ लिएका थिए ।

प्रदेशसभामा हाल रहेका कुल ७९ सदस्य कायम सांसदमध्ये ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वास दर्ता गरिएको हो । प्रदेश प्रमुखसँग विशेष अधिवेशनको लागि माग गर्ने समेत विपक्षी गठबन्धनले निर्णय गरेको छ ।

एमाले ओली समूहका स्थायी समिति सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले झेल्ला गरेर पुनः नियुक्ति लिएको भन्दै उनकै पार्टीका नेताहरुले विरोध गर्दै आएका छन् ।

गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव फेल गराउने विभिन्नि षड्यन्त्र रचिएको विपक्षीहरुले आरोप लगाएका छन् । सत्ता जोगाउन गुण्डा नाइकेको परिचय बनाएका दिपक मनाङेलाई मन्त्री बनाउनेदेखि राष्ट्रिय जनमोर्चाका सांसदलाई अस्पताल भर्ना गरेर अनुपस्थित गराएको आरोप गुरुङमाथि छ ।

यसअघि अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर मन्त्री बनेका जनता समाजवादीँ पार्टीका चार सांसद निलम्बनमा परेका छन् । पार्टीले तुरुन्त फर्किन निर्देशन दिएको थियो । तर, उनीहरु नफर्केपछि पार्टीले कारवाही गरेको थियो । कारवाहीको विरोध गर्दै अध्यक्ष महन्थ ठाकुर नै निर्वाचन आयोगमा पुगेका थिए । सर्वोच्चमा रिट दर्ता गर्न गरिएको थियो तर दर्ता भएन ।

विपक्षीहरुले लुम्बिनी र गण्डकी प्रदेशमा ओली समूहलाई सत्ताबाट हटाउने निर्णय गरेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली काँग्रेस र लुम्बिनी प्रदेशमा माओवादी केन्द्रलाई दिने सहमति अनुसार गठबन्धन तयार भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal