आज :

चिनियाँ ‘लङ मार्च ५ बी’ रेकट पृथ्वीमा खस्यो, कुनै क्षति भएन

काठमाडौं । पृथ्वीमा फर्किने क्रममा अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेट पृथ्वीमा खसेको छ । रकेट कहाँ खस्ला र कति क्षति गर्दा भनेर चिन्ता बढेको थियो । तर, रकेटले कुनै क्षति भने गरेन । बीबीसीका अनुसार रकेट हिन्द महासागरमा खसेको छ । रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा रहेको छ ।

यसअघि रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने अनुमान् गरिएको भएपनि हिन्द महासागरमा खसेको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । घटनामा मानवीय क्षति भएको जानकारी प्राप्त नभएको खबरमा उल्लेख छ ।

भग्नावशेषको धेरैजसो भाग भने पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै नष्ट भएको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ । सन् १९९० यता १० टनभन्दा बढी तौल भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खसेको यो पहिलो पटक हो । यो रकेटलाई चीनले अन्तरिक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो ।

अप्रिल २९ तारिखदेखि रकेटको इन्धन सकिएको र अन्य प्राविधिक समस्याका कारण नियन्त्रण बाहिर गएको थियो । सन् २०२० को मे महिनामा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए ।

लङ मार्च रकेट पृथ्वीमा प्रवेश गर्ने क्रममा अधिकांश भाग ध्वस्त भएको थियो । तर केही भाग ७२.४७ ड्ढ पूर्व र २.६५ड्ढ उत्तर अक्षांश र देशान्तर भएको स्थानमा झरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी र युरोपेली ट्र्याकिङ वेबसाइटहरूले अनियन्त्रित रूपमा झरिरहेको लङ मार्च–५ बी रकेटको अनुगमन गरिरहेका थिए । चिनियाँ सञ्चारमाध्यमका अनुसार रकेटका केही भागहरू बेइजिङको स्थानीय समयानुसार आइतवार १०ः२४ बजे वायुमण्डलमा पुनः प्रवेश गरेका थिए ।

अन्तरिक्षसम्बन्धी विषयका विज्ञहरूले भने पृथ्वीको निकै ठूलो सतह समुद्रले ओगटेको र धेरै भूभागमा बसोबास नरहेका कारण रकेटका टुक्रा कसैलाई लाग्न सक्ने सम्भावना निकै कम रहेको अनुमान गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal