आज :

कोरोना परीक्षण घटाइयोः थप ८ हजार ४१८ संक्रमित थपिए, ज्यान गुमाउनेको संख्या ३ हजार ६३२

काठमाडौं । नेपालमा थप ८ हजार भन्दा धेरै कोरोना भाइरसबाट संक्रमित भएका छन् । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । विहीबार र शुक्रबारको तुलनामा आज परीक्षण घटाइएको छ । तर, संक्रमण दर भने घटेको छैन ।

शनिबार थपिएका गरी नेपालमा कुल संक्रमित ३ लाख ८५ हजार ८९० जना पुगेका छन् । जसमध्ये ८३ हजार ४९३ सक्रिय कोरोना संक्रमित छन् । उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै ५ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ७५८ जना संक्रमितको आईसीयू र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी आज थप ५३ जना संक्रमितको उपचारको क्रममा ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

पछिल्ला दिनमा कोरोना निको हुनेको संख्या पनि बढेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।

आज पनि सबैभन्दा धेरै कोरोनामा उपत्यकामा संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितमध्ये ३ हजार ११३ जना काठमाडौं उपत्यकाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमा काठमाडौंका २ हजार २७०, ललितपुरका ४६२ र भक्तपुरका ३८१ संक्रमित छन् ।

उपत्यका बाहिर सबैभन्दा धेरै रुपन्देहीमा ८६१ संक्रमित थपिएका छन् । त्यस्तै, सुर्खेतमा ५९७, बाँकेमा ५५५, कास्कीमा २८५, झापामा २७६, मोरङमा २५४, दाङमा १८९, सुनसरीमा १५७, मकवानपुरमा १३४, चितवनमा १२५, धनुषामा ११६, बर्दियामा ११३, बैतडीमा १११ तथा पर्सा र सिन्धुलीमा १०७÷१०७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal