आज :

प्रधानमन्त्रीले साँझ ५ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । एक मन्त्रीका अनुसार शनिबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

बैठकको एजेण्डाबारे पूर्वजानकारी नगराइएको बताइएको छ । नियमित बैठक नभएकोले बैठकका एजेण्डाबारे मन्त्रीहरु अनविज्ञ छन् । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ ।

कोरोना महामारी रोकथामबारे अहिलेसम्म भएका काम, निषेधाज्ञा र बाँकी लिनुपर्ने निर्णय, बैशाख २७ गतेको प्रधानमन्त्रीको विश्वास मत लिने प्रस्तावबारे छलफल हुन सक्ने अनुमान गरिएको छ ।

त्यसैगरी संवैधानिक परिषद् बैठकबारे पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्रीले भोलि बोलाएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागि नहुने घोषणा गरिसकेका छन् भने सभामुख अग्नी सापकोटा पनि सहभागी नहुने बताइएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal