आज :

महामारीको मौका उठाउँदै यात्रुसँग बढी भाडा असुल्ने तीन जना पक्राउ

काठमाडौँ । कोरोना महामारीको फाइदा उठाउँदै यात्रुसाग बढी भाडा असुल्नेहरु प्रहरीले धमाधम कारवाही गरिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीब्र पारेको छड्के चेकजाँच तथा अनुगमन टोलीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने तिन जनालाई पक्राउ गरेको छ ।

उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशीक रोजगारबाट आई घर फर्किने र अत्याबश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्चरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिएका छन् ।

महामारीको अबस्थामा यात्रुहरु ठगीन सक्ने कुरालाई मध्यनजर गरि बिशेष टोली परिचालन गरेको र टोलीले त्यस्ता स्थानहरुमा गइ कहिले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानी राखेर नियन्त्रणमा लिने गरेको भट्टराईले बताए ।

शुक्रबार कोटेश्वरबाट धनुषा मिथिलाका ४३ बर्षिय कृष्ण देवकोटा, झापा गौरदहका ४२ बर्षिय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने बर्ष ३४ को राम सुरेल पक्राउ गरेको महाशाखाले पुष्टी गरेको छ ।

काठमाडौँदेखि पूर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजार देखि पैतालिस सयसम्म भाडा लिने ईन्द्रेणी हाईसको काउण्टर र प्रदेश ३–०१–००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेका सुरेललाई बृत्त गौशाला र अन्य दुई जनालाई आबश्यक कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

यसरी महामारीमा सार्वजनिक सवारी संचालनमा पुर्ण रोक लगाएको भएता पनि बिभिन्न समस्यामा परेका र बिदेशबाट आएकाहरुलाई लग्ने बहानामा बढी भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागी हिजो प्रहरी प्रभाग गंगबु र कलंकीमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

बढी भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal