
काठमाडौं । अग्रमोर्चामा रहेर काम गरिरहेका पत्रकारलाई म्याक्सिम इन्टरनेशनल ट्रेडिङले सहयोग गरेको छ । नेपाल पत्रकार महासंघले पत्रकारको लागि आवास गृहलाई आवश्यक पर्ने अक्सिजन र बेडकभर सहयोग गरेको हो ।
सहयोगस्वरुप अक्सिजन र बेडकभर म्याक्सिम इन्टरनेशनल ट्रेडिङका म्यानेजिङ डाइरेक्टर नारायण कार्कीले सहयाेग सामाग्री महासंघका अध्यक्ष बिपुल पोखरेललाई बिहीबार हस्तान्तरण गरेका छन् ।
कार्यक्षेत्रमा खटिरहेका पत्रकार संक्रमित हुन थालेपछि महासंघले केन्द्रीय कार्यालयको आवासगृहलाई अक्सिजनसहितको आइसोलेसन बनाउने निर्णय गरेको थियो । कोरोना संक्रमणको जोखिममा पनि नागरिकलाई सूचना सम्प्रेशणमा खटिएका संक्रमित हुँदा सहयोग पुगोस् भनेर सहयोग गरेको कार्कीले अनलाइन डबलीसँग बताए ।
महासंघको नयाँ नेतृत्वले बैशाख १८ गते आवासलाई प्राविधिक जनशक्तिसहितको मेडिकल सामग्री राखेर आइसोलेसन बनाउने निर्णय गरेको थियो । त्यसका लागि महासंघले अक्सिजनसहित विभिन्न सामग्री तथा जनशक्तिका लागि सबै संघसंस्था र सरकारसँग आग्रह गरेको थियो ।
महासंघले सहयोग गरेकोमा म्याक्सिम इन्टरनेशनल ट्रेडिङलाई धन्यवाद दिएको छ ।