आज :

कोरोनाका ६६ हजारभन्दा धेरै सक्रिय संक्रमित, बाँकेमा थप १० जनाको ज्यान गयो

काठमाडौं । नेपालमा कोरोना भाइरस नियन्त्रणको लागि अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ । बाँकी जिल्लाहरुमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै दैनिक सेवा सुविधालगायतका कार्यहरु कम गरिएको छ । तर, संक्रमितको संख्या दिनदिनै बढिरहेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६६ हजार ३५२ जना रहेको छ । कुल संक्रमित संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ । संक्रिय संक्रमितमध्ये ४७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् ।

बुधबार अहिलेसम्मकै धेरै संक्रमित र निधन भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो । त्यसैगरी संक्रमितको संख्या ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी बुधबार १ हजार ९९३ रहेको छ । बुधबारसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका छन् ।

बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा निधन भएको हो ।

नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराति १ः४० बजे निधन भएको छ । नेपालगञ्ज १० कै ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे निधन भएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको बुधबार साँझ सवा ६ बजे, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुषको बुधबार राति १० बजे, नेपालगञ्ज–१० का २७ वर्षीय पुरुषको बुधबार राति २२ः२० बजे र नेपालगञ्ज उपमहानगरपालिका ४ बाँकेका ५५ वर्षीय पुरुषको बुधबार मध्यराति साढे १२ बजे भेरी अस्पतालमा निधन भएको छ ।

यसैगरी भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १२७ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal