आज :

प्रधानमन्त्री ओली संविधान र परम्परा मिच्दै अगाडि बढेको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता लियो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली संविधान र परम्परालाई मिच्दै अगाडि बढेको भन्दै समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएको पत्र बुधबार संसद सचिवालयमा बुझाएको छ ।

माओवादी केन्द्रले ओली नेतृत्वको सरकारको निरन्तरता भए राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सबै मुद्दाहरुमा गम्भीर ख तरा पैदा भएर कालान्तरमा राष्ट्रिय स्वाधीनताकै मुद्दा नै गम्भीर ख तरामा पर्न सक्ने भन्दै समर्थन फिर्ता लिएको बताएको छ । उसले कोरोना नियन्त्रणमा ओली सरकार असफल भएको समेत माओवादी केन्द्रले आरोप लगाएको छ ।

त्यसैगरी राष्ट्रियताको मुद्धालाई सौदाबजीको विषय बनाएर देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगिरहेको पनि माओवादी केन्द्रले पत्रमा उल्लेख गरेको छ । पत्रमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बेला नलिएको र वैशाख २७ गते संसदको नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिनका लागि बैठक बोलाएको भन्दै माओवादीले आक्रोश पोखेको छ । संविधान र परम्परा मिच्दै ओलीले २७ गते बैठक बोलाएको माओवादीको ठहर छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय माओवादी केन्द्रले मंगलबार गरेको थियो । सोही निर्णयअुनसारको पत्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसद सचिवालयमा बुझाएका थिए ।

प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिँदैछन् । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्न सक्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal