आज :

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।

सरकारको सिफारिसमा सोमबार नियुक्त भएका पौडेल र यादवलाई राष्ट्रपति भण्डारीले नियुक्त गरेकी थिइन् । उनीहरुले नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति भण्डारीले आजै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख सर्मीलाकुमारी पन्तलाई पदमुक्त गरेकी थिइन् ।

केही दिनदेखि गण्डकी प्रदेशमा सरकार गठनमा लफडा भइरहेको थियो । प्रदेश प्रमुख माओवादी नेता अमिक शेरचन थिए । उनले आफूलाई सरकार गठनमा असहयोग गरेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरोप लगाउँदै आएका थिए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश प्रमुख सर्मिला पनि माओवादी निकट भएकैले पदमुक्त गरिएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal