आज :

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए बैशाख २७ गतेपछि के हुन्छ ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिने भएका छन् । विश्वास मत लिने प्रयोजनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् ।

प्रधानमन्त्री ओलीले आइतबार दिउँसो नेकपा एमालेको स्थायी समिति बैठक बोलाएका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठक । दिउँसो दुई पटक राष्ट्रपतिलाई भेटेर ओलीले आफूले संसदमा विश्वासको मत लिन चाहेको जानकारी गराएको बताइएको छ ।

प्रधानमन्त्रीको चाहनाअनुसार राष्ट्रपति कार्यालयले संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख २७ गते अपराह्न १ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको विज्ञप्ति निकाल्यो ।

विपक्षीले अविश्वासको मत लिनै लाग्दा सभामुखलाई समेत जानकारी नदिएरै संसद अधिवेशन अन्त्य गरिएको थियो । संसदमा सरकार अल्पमतमा नपर्दै अहिले विश्वास मत लिन विशेष अधिवेशन बोलाइयो । माओवादी केन्द्रले समर्थन फिर्ता नलिएसम्म सरकार बहुमतमै रहेको छ ।

संसदमा अहिले २७५ सदस्यीमध्ये २७१ सांसद छन् । संसदको सबभन्दा ठूलो दल एमालेसँग १२१ छ । नेपाली कांग्रेसका ६१ (निलम्बनमा रहेका दुई सांसदबाहेक), नेकपा माओवादी केन्द्रका ४९ र जनता समाजवादी पार्टी (जसपा)का ३२ (निलम्बनमा रहेका दुई सांसद बाहेक) सांसद छन् । राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र एक–एक सांसद छन् ।

विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई संसदको बहुमत अर्थात १३६ मत चाहिन्छ । ओलीलाई विश्वासको मत लिन १५ सांसद चाहिन्छ । त्यो एमालेकै माधव कुमार नेपाल समूहले फ्लोर क्रस नगरेको अवस्थामा हो । यदि नेपाल समूहका कति जना सांसदहरुले फ्लोर क्रस गर्छन् ।

त्यही आधारमा हिसाब आवश्यक हुन्छ । एमालेबाट फ्लोर क्रस नभएर जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले मात्रैले पनि ओलीलाई बहुमत पुग्छ । तर, कर्णाली हुँदै लुम्बिनी प्रदेशसम्म आइपुग्दा नेपाल समूहले ओलीलाई साथ दिने देखिदैन । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै एक जना सांसदले त राजिनामा नै दिए भने दुई जना विपक्षी गठबन्धनतिर लागे ।

कर्णाली र लुम्बिनीको घटनाक्रमले पनि नेपाल समूहले केन्द्रमा ओलीलाई साथ दिने देखिदैन । यसो भए ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न सक्दैनन् । संसदमा विश्वासको मत नपाए ओलीले फेरि संसद विघटन गर्ने राजनीतिक विश्लेषकहरुले बताउँन थालेकेका छन् ।

यदि ओलीले २७ गते विश्वासको मत नपाएपछि के हुन्छ भन्ने प्रश्न सबैले गर्न थालेका छन् । राजनीतिक विश्लेषकहरुका अनुसार ओलीले विश्वासको मत प्राप्त नगरे संसद विघटन गरेर मंसिरमा चुनावको घोषणा गर्नेछन् ।

अब मंसिरमा चुनाव काँग्रेसको माग पनि हो । माओवादी केन्द्र र नेपाल समूह ओलीको नेतृत्वमा चुनाव गराउन सहमत छैन । तर, माओवादी केन्द्र र नेपाल समूहले नचाहदा नचाहँदै पनि चुनाव हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal