आज :

अहिलेसम्मकै धेरै ७ हजार २११ जनामा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा ३५ सय ९५ जना

काठमाडौँ । नेपालमा अहिलेसम्मकै धेरै जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमण यता आजको संख्या सबैभन्दा धेरै हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५ हजार ७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

आज १ हजार ६१२ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्किएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको ज्यान गएको हो । योसँगै कोरोना संक्रमणबाट नेपालमा ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।

आज काठमाडौँ उपत्यकामा रेकर्ड संक्रमित फेला परेका छन् । उपत्यकामा अहिलेसम्मकै धेरै ३ हजार ५ सय ९५ संक्रमित फेला परेका छन् । जसमध्ये काठमाडौमा मात्र २७ सय ४४ जना रहेका छन् भने ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घण्टामा ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९ वर्ष मुनिका १६६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४५७ बालबालिका गरी ६२३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal