आज :

अल्पमतमा परेका शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त, के भन्छन् काँग्रेस–माओवादी ?

बुटवल । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन् । प्रदेशसभामा अल्पमतमा परेका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हु्न् ।

पोखरेलसँग बहुमत नभएको भन्दै ४० सांसदले निवेदनलाई बेवास्ता गर्दै प्रदेश प्रमुख साहले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेको बताएका छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा ६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका जनाएका छन् ।

प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले आजै विहान राजिनामा दिएका थिए । राजिनामा दिएर प्रदेशसभा अधिवेशन अन्त्य गरेका पोखरेलले दिउँसो नै आफूसँग बहुमत रहेको दाबीसहित प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका थिए ।

तत्कालिन (नेकपा)बाट निर्वाचित बिमला कुमारी खत्रीले माओवादी केन्द्र रोजेसँगै पोखरेल प्रदेशसभामा अल्पमतमा परेका थिए । आफ्नो सरकार ढल्ने निश्चित भएपछि एकाएक पोखरेलले राजिनामा दिएका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका थिए । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४० सांसदको हस्ताक्षर देखाएका थिए ।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ ।

आज विहानैबाट लुम्बिनी प्रदेशको घटनाले केन्द्रीय राजनीति पनि तातेको थियो । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका थिए । त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर लुम्बिनीको घटनाबारे जानकारी गराएका थिए ।

प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई जबरजस्ती मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै विपक्षी नेताहरुले सरकार अवैधानिक रहेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal