आज :

मुक्त कमैया आन्दोलनकी नेतृ तथा संविधानसभा सदस्य रबनी चौधरीको कोरोनाबाट निधन

धनगढी । कोरोना भाइरस संक्रमणबाट मुक्त कमैया आन्दोलनकी एक जुझारु नेतृ रबनी चौधरीको निधन भएको छ । कैलालीको लम्की चुहा नगरपालिका – ६ बाघमारा निबासी चौधरी संविधानसभा सदस्य समेत हुन् । पारिवारिक स्रोतका अनुसार चौधरीको उपचारको क्रममा आइतबार निधन भएको हो ।

त्यसैगरी पोखरामा कोरोना संक्रमणबाट थप ८ जनाको ज्यान गएको छ । जसमध्ये ७ जना उपचारको क्रममा र एक जना होम आइसोलेसनमा बसेका थिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय संक्रमित पुरुषको होम आइसोलेसनमा ज्यान गएको छ । उनमा बैशाख १६ गते कोरोना पुष्टि भएको थियो ।

यस्तै ७५ वर्षीय कोरोना संक्रमित पुरुषको मेडिप्लस अस्पतालमा उपचारको क्रममा निधन भएको छ । रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–३ का उनलाई बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–२६ की ५८ वर्षीय महिलाको शनिबार मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उनमा बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वत कुश्मा नगरपालिका–५ की ७६ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको भएको छ । उनलाई बैशाख १७ गते संक्रमण पुष्टि भएको थियो । दाङ जिल्लाको राप्ती गाँउपालिका–५ का ४३ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको छ । उनमा बैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा –१६ की ७३ वर्षीय महिलाको मेडिप्लस अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । उनलाई बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा –१० की कोरोना महिलाको मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको भएको छ । उनमा बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा–१९ का ५४ वर्षीय पुरुषको पनि गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट २ सय ३१ जनाको ज्यान गइसकेको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो हटस्पट बनेको बाँकेमा थप दुई जनाको निधन भइको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार होमआइसोलेसनमा बसेकी एक महिलासहित दुई जना संक्रमितको निधन भएको हो ।

होम आइसोलेसनमा बसेकी कोहलपुर नगरपालिका–२ की ६९ वर्षीया महिलाको आइतबार बिहान ज्यान गएको थियो । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपनि होम आइसोलेसनमा बस्दै आएकी थिइन् । आइतबार बिहान स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल ल्याउने तयारी गर्दा गर्दै घरमै उनको निधन भएको बताइएको छ ।

बैजनाथ गाउँपालिका–७ की ५८ वर्षीया महिलाको नेपालगञ्जस्थि नर्सिङ होममा निधन भएको छ । उनीमा वैशाख ७ गते संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal