
काठमाडौँ । आज देशभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखका अनुसार अहिले देशभरको मौसम बदली भएको छ । काठमाडाँै उपत्यकासहित धेरै जिल्लामा हल्का बर्षा भइरहेको छ ।
काठमाडौँमा शनिबार रातिबाट हल्ला बर्षा सुरु भएको थियो । त्यस्तै, आज बागमती, गण्डकीलगायतका प्रदेशका पहाडी भू–भागमा वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा क्षणिक वर्षा हुनेछ । भोलि देशभर बदली भइ प्रदेश १, प्रदेश २ र बागमती प्रदेशलगायतका पहाडी भू–भागका केही स्थानमा वर्षाको हुने सम्भावना छ ।
मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भू–भागका केही स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । अहिले देशभर पहाडी भू–भागमा बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा वर्षा भइरहेको छ ।
बर्षा भएसँगै किसान खुशी भएका छन् । मकै लगाउने दिन गुर्जिएपनि बर्षा नहुँदा किसान चिन्तित भएका थिए । नेपालमा अधिकांश किसान आकाशे पानीको भरमा बाली लगाउने गर्छन् । यो वर्षा समयमै पानी नपर्दा चिन्तित भएका किसानलाई खुशी भएका छन् ।