
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर चन्द ‘वीरजंग’ रिहा भएका छन् । नेकपाको तत्कालिन मध्यपश्चिम कमान्ड इन्चार्ज समेत रहेका वीरजङ्ग १९ महिनापछि शुक्रबार धरौटीमा रिहा भएका हुन् ।
प्रहरीले वीरजङ्गलाई २०७६ असोज २९ गते दाङको राजपुर गाउँपालिका–४ बैठक स्थलबाट गि रफ्तार गरेको थियो । अदालतको आदेशलाई लत्याउँदै प्रहरीले पटकपटक पुनः गिर फ्तार गरेका विभिन्न जिल्ला घुमाइरहेको थियो । पछिल्लो पटक अदालतले धरौटीमा रिहा गर्न आदेश गरेपनि वीरजंगले नतेरेपछि चितवन कारागारमा राखिएको थियो ।
सरकार र नेकपाबीच २१ गते भएको सहमतिअनुसार मु द्धा फिर्ता लिने र बन्दी रिहा गर्न ढिलाई गरेपछि धरौटी तिरेर कारागारमुक्त भएका हुन् । सरकारले सहमति कार्यान्वयन गर्न ढिलाई गरेपछि नेकपाले माइला लामा र वीरजंगलाई धेरौटीमा रिहा गर्ने निर्णय गरेको थियो ।
हालै सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयपछि संखुवासभा कारागारमा रहेका लामा विहीबार साँझ रिहा भएका थिए भने वीरजंग शुक्रबार । रिहा भएपछि नेकपाका महासचिव विप्लवले वीरजंगलाई स्वागत गरेका थिए ।