
काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट एउटै खुट्टाको सहारामा मेची–महाकाली साइकल यात्री गरेका यमलाल रसाईलीको निधन भएको छ । रसाइलीले मुगुस्थित रारा ताल, भारतका विभिन्न स्थानसम्मको साइलक यात्रा गरेका थिए ।
कैलालीको लम्की चुहा नगरपालिकास्थित लम्की बजारमा सफल टेलरिङ व्यवसायी समेत रहेका रसाइली अपांगको अधिकार र सहयोगलागि खटिरहेका थिए । उनी अपांग चेतना समाज लम्की चुहा नगरपालिकाका कोषाध्यक्ष समेत थिए । पारिवारिक श्रोतका अनुसार यामलालको अन्त्यष्टी आजै गरिने भएको छ । रसाईलीको आज विहान ४ बजे निधन भएको परिपारिक स्रोतले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट विहीबार अहिलेसम्मकै धेरैले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार थप ४ हजार ९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कुल १२ हजार ५९७ पीसीआर परीक्षणमा ४ हजार ८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९२८ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको थियो ।
विहीबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ३० हजार ९१६ र संस्थागत आइसोलेसनमा तीन हजार २०१ जना रहेका छन् । सक्रिय संक्रमितमध्ये आइसियूमा ३३७ र भेन्टिलेटरमा १०७ जना रहेका छन् ।
त्यसैगरी विहीबार अहिलेसम्मकै धेरै ३५ जनाको कोरोनाबाट ज्यान गएको छ । काठमाडौँसहितका जिल्लामा निषेधाज्ञा जारी भएकै दिन
विहीबार सबैभन्दा धेरै संक्रमित भेटिएपछि अवस्था झन भयाभव बन्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । मन्त्रालयका अनुसार विहीबार सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा १ हजार ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना संक्रमित भेटिएका थिए ।
त्यैगरी रुपन्देहीमा ५२८ जना, बाँकेमा ४८९ जना, कैलालीमा ३३९ जना, दाङमा १८१ जना, पर्सामा १५० जना, सुर्खेतमा १३६ जना, चितवनमा १३० र कास्कीमा १२२, पाल्पामा ८६, झापामा ६५, कञ्चनपुरमा ६३, धनुषामा ६०, मोरङमा ५४, काभ्रेपलाञ्चोकमा ५१, कपिलवस्तु र नवलपरासी पश्चिममा ४१–४१, नुवाकोट र डोटीमा ३५र३५ जना, बारा र बैतडीमा ३०र३० जना, नवलपरासी पूर्वमा २७ जना, गुल्मी २६ जना, सिन्धुलीमा २५ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जानकारी दिएको थियो ।
त्यसैगरी महोत्तरी र बर्दियामा २४र२४ जना, रौतहट, सर्लाही र सिन्धुपाल्चोकमा २१र२१ जना, रामेछाप र गोरखामा १९र१९ जना, धादिङमा १७ जना, स्याङ्जा र अर्घाखाँचीमा १८र१८ जना, जुम्लामा १४ जना, अछाममा १३ जना, सल्यानमा १२ जना, रसुवा र प्युठानमा ११र११ जना, दोलखा, तनहुँ, लमजुङ र बझाङमा ९र९ जना, बागलुङमा ७ जना, ताप्लेजुङ, सप्तरी र डडेल्धुरामा ८र८ जना, दैलेखमा ६ जना, उदयपुर, पर्वत, म्याग्दी र रूकुम पश्चिममा ५र५ जना, ओखलढुंगा र मकवानपुरमा ४र४ जना, धनकुटा, रूकुम पूर्व, रोल्पा र जाजरकोटमा ३र३ जना, दार्चुलामा २ जना र खोटाङ, भोजपुर, कालीकोट, डोल्पा, हुम्ला र बाजुरामा १र१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै बिहीबार ९ वर्षमुनिका ८९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्षमुनिका २९५ जना कोरोना संक्रमित भेटिएका छन् ।