आज :

रिहापछि माइला लामाले भने–जनताको सेवामा खटिरहनेछु, आज संखुवासभामा स्वागत कार्यक्रम

काठमाडौं । चर्चित जनवादी कलाकार तथा नेकपा केन्द्रीय नेता माइला लामा लामो समयको हिरासत बसाइपछि रिहा भएका छन । सङ्खुवासभा अदालतको आदेशमा लामा रिहा भएका हुन् ।

नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका ब्युरो इन्चार्ज रहेका लामालाई सरकारले २०७६ साल साउन ४ गते काठमाडौँको काँडाघारीबाट गि रफ्तार गरेको थियो । गिरफ्तारीपछि उनलाई जाउलाखेल प्रहरी हिरासतमा राखिएको थियो भने ब’म वि’स्फोटको मुद्दा लगाई अदालतले नख्खु जेल चलान गरेको थियो ।

पुनरावेदन अदालत पाटनको आदेशमा नख्खु कारागारबाट रिहा भएलगत्तै लामालाई अर्को मुद्दामा धरान लगिएको थियो भने धरानबाट अदालतले साधारण तारेखमा रिहा गरेपछि फेरि अर्को मुद्दा लगाई सङ्खुवासभा पुर्याएको थियो ।

सरकारले गत फागुन २१ गते नेकपासँग गरेको सहमतिअनुसार नेकपाका नेताहरूलाई जेल र हिरासतबाट मुक्त गरी झूट्टा मुद्दा खारेज गर्नुपर्ने थियो तर सरकारले सहमति कार्यान्वयन गर्न ढिलाइ गरेपछि नेकपा नेता लामा २५ हजार धरौटी बुझाएर कारागार रिहा भएका हुन् ।

नेकपाका केन्द्रीय सदस्य लामालाई सरकारले विभिन्न झूट्टा मुद्दा लगाउँदै र हिरासत र जेल घुमाउँदै सङ्खुवासभा पुर्याएको थियो । लामा नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष तथा लोकप्रिय जनवादी गीतकार÷सङ्गीतकार पनि हुन् । लामा जनयुद्धका गम्भीर घाइते योद्धा पनि हुन् ।

लामाको रिहाइले नेकपा नेता कार्यकर्तामा उत्साह छाएको छ । उनका शुभचिन्तहरुले सामजिक सञ्जालमा उनको तस्विर राख्दै रिहा भएकोमा बधाई दिदै स्वागत गरेका छन् ।

रिहापछि माइला लामाले पहिलो प्रतिक्रिया दिँदै फेरि पनि जनताकै सेवा खटिरहने बताएका छन् । जनयुद्धबाट बचेको बाँकी भौतिक शरीर जनताकै सेवा लगाउने बताए । रिहापछि भेट्न गएका जिल्लास्थित नेकपाका नेता कार्यकतासँगको भेटमा सो कुरा बताएका हुन् । लामाको स्वागतको लागि आज संखुवासभामा भव्य कार्यक्रमको आयोजना गरिएको छ । जिल्लामा निषे’धाज्ञा जारी नभएकोले कार्यक्रम गर्न लागिएको हो ।

सरकार र नेकपाबीच भएको तीन बुँदे सहमितको कार्यान्वयन नहुँदा नेकपा सचिवालय सदस्य सुदर्शन, केन्द्रीय सदस्यहरू वीरजंग, भरत बम ‘रणवीर’, आर्दशलगायतका कयौं नेता कार्यकर्ता अझै जेलमै छन् ।

सरकारले सत्ता जोगाउन जनता समाजवादी पार्टीको कामअनुसार मधेस आन्दोलनका १२० जनाका मुद्धा फिर्ता लिएको छ । तर, नेकपाका नेता कार्यकर्ताका मुद्धाबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal