आज :

कुर्सी प्राथमिकतामा: मधेस आन्दोलनका १२० जनाको मुद्धा फिर्ता तर नेकपाका नेताका घरमा पक्राउ पुर्जी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिभन्दा कुर्सी जोगाउनु प्राथमिकतामा राखेका छन् । नेकपासँग सहमति भएका दुई महिना पुग्नै लाग्दा समेत कार्यान्वयनको कुनै छाटकाट नै सुरु नगरेको सरकारले मेधस आन्दोलनका १२० जनाविरुद्ध लागेका मुद्धा फर्ता लिएको छ ।

अधिकारको लागि गरिएको आन्दोलनको क्रममा लागेको मुद्धा फिर्ता लिनु सकारात्मक हो । तर, नेकपासँग भएको सहमति कार्यान्वयन नहुने राजनीतिक बेइमानी हो । नेकपाका नेता कार्यकर्ताको घरमा अझै पक्राउ पुर्जी टाँस भइरहेको छ ।

सरकारलाई समर्थनको लागि जनता समाजवादी पार्टी (जसपा)ले मधेस, थरुहट आन्दोलनको क्रममा लगाइएको मुद्धा फिर्ता लिन माग गरेको थियो । थरुहट आन्दोनलको क्रममा टिकापुरमा भएको घटनाको क्रममा सांसद रमेश चौधरीलगायतमाथि लगाइएको मुद्धा भने सरकारले नलिने बताएको छ । जसपाको माग सम्बोधन गर्दै सरकारले बबनसिंहसहित १२० जनामाथि लगाइएका मुद्धा फिर्ता लिएको हो ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम मुद्दा फिर्ता लिइएको मन्त्री गुरुङले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको संवाद अनुसार जसपाले मुद्दा फिर्ताका लागि २२४ जना प्रतिवादी रहेको २६ वटा मुद्दाको सूची बुझाएको थियो ।

मधेश, थारु लगायतका विभिन्न आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता हुनुपर्ने मागलाई जनता समाजवादी पार्टीले एक मुख्य राजनीतिक एजेण्डा बनाउँदै आएको थियो । जसपाले सरकारलाई मुद्दा फिर्ताको आग्रह गदै २०७ जनाको सूची गृहमन्त्रालयमा बुझाएको थियो । तीमध्ये १२० जनाको मुद्दा फिर्ता भएको हो ।

जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायत नेताहरुले मुद्दा फिर्ताका विषयमा केही हप्तायता प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरिरहेका थिए । जसपाकै एक समूह प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने औपचारिक निर्णय गराउन तयारी गरिरहेको बेला सरकारले मुद्धा फिर्ता लिएको छ । यसलाई महन्थ ठाकुर पक्षीय नेताहरुले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

जसपाका माग सम्बोधन गर्दै गर्दा प्रहरीले नेकपाका नेताहरुको घरमा भने पक्राउ पुर्जी टाँसिरहेको छ । सरकार र नेकपाबीच भएको सहमतिअनुसार नेता कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता लिने भन्नेछ । तर, अहिलेसम्म मुद्धा फिर्ता लिने कुनै प्रक्रिया सुरु नगरिएको बताइएको छ । उल्टै सहमतिको उल्लङ्घन गर्दै जिल्ला अदालत मोरङ र इलामले एकैपटक दुई फरकफरक मुद्दामा नेकपाका युवा नेता सुमनसिंह पौडेलको घरमा विहीबार ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

सहमित पछि अछामको विनायक पञ्चदेवल नगरपालिका–५ लयटीस्थित नेकपाका युवा नेता हरिबहादुर चन्दको घरमा पनि पक्राउ पुर्जी टाँसिएको थियो । प्रतिबन्ध फुकाइए पनि ताप्लेजुङबाट नेकपाका जिल्ला नेता सक्कललाई प्रहरीले गि रफ्तार समेत गरेको थियोे भने अझैँ पनि सयौँ नेता कार्यकर्ता कारागारमै रहेका छन् ।

सरकार र नेकपाबीच प्रतिबन्ध फुकुवा, नेता–कार्यकर्ताहरूमाथि लगाएका मुद्दा फिर्ता गर्ने र नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको थियो । सहमतिअनुसार नेकपाले आफ्ना राजनीतिक गतिविधि अगाडि बढाए पनि सरकारले सहमति कार्यान्वयनमा ढिलाई गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal