News Portal

  • बागमती प्रदेशमा चार नयाँ मन्त्री नियुक्त, सरकार नढल्ने दाबी

    डबली संवाददाता२०७८ बैशाख १५ गते
    ५० पटक

    काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणी पाैडेलले नियुक्त गरेका नयाँ मन्त्रीले पद तथा गाेपनियताकाे सपथ ग्रहरण गरेका छन् । मुख्यमन्त्री पाैडेलले बुधबार तीन मन्त्री र एकजना राज्यमन्त्री नियुक्त गरेका थिए ।

    नवनियुक्त ३ जना मन्त्रीहरु तथा एक राज्यमन्त्रीलाइ प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले पद र गोपनीयताको सपथ ग्रहण गराएका हुन् । उनीहरूले पदभार पनि समालेका छन् । माअाेवादी केन्द्रका तीन मन्त्रीले राजिनामा दिएका थिए ।

    प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले संयुक्त रुपमा राजीनामा पेश गरेका थिए । उनीहरुको राजीनामासँगै विगत ४ महिनादेखि प्रदेशका ३ मन्त्रालय मन्त्री विहिन रहेको थिए भने सो मन्त्रालयको सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्री पौडेलले सम्हाल्दै आएका थिए ।

    मुख्यमन्त्री पौडेलले नुवाकोटका केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, सिन्धुपाल्चोकका सरेस नेपाललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, दोलखाकी सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा.रामकुमार अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

    नवनियुक्त मन्त्रीहरु तथा राज्य मन्त्रीले आजै पदभार सम्हाल्ने जनाइएको छ । गत पुस १० गते मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले जनताप्रति उत्तरदायी नभएको र जनभावनाअनुसार काम गर्न नसकेको भन्दै तत्कालीन नेकपाका ४५ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए भने सोही दिन तत्कालीन नेकपाका ३ जना मन्त्रीहरुले संयुक्त रुपमा राजीनामा दिएका थिए ।

    याेसँगै अब बागमती प्रदेश सरकार सुरक्षित रहेकाे सत्तापक्ष नेताहरूले दाबी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्