काठमाडौं । काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ । मंगलबार राति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ ।
केन्द्रका अनुसार ३.५ म्याग्नेच्यूडको भूकम्प गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दियो
मध्यराति भएकाले धेरैले थाहा नै पाएनन् । भूकम्पबाट कुनै क्षति नभएको बताइएको छ ।
भूकम्पबाट विश्वकै जोखिम रहेको काठमाडौँमै केन्द्रबिन्दु भएर भूकम्प केही समयपछि मात्रै गएको हो । सानो भूकम्पले पनि ठूलो क्षति पुर्याउन सक्ने भएकोले काठमाडौँबासी भूकम्पबाट त्रसित हुन्छन् ।
गएको २०७२ साल भूकम्प गएकै दिन पराकम्पन गएको हो । भूकम्पले भत्काएको धरहरा उद्घाटन भएको छ । त्यसैगरी लाप्राकमा बनाइएको नमूना बस्ती पनि स्थानीयलाई हस्तान्त्रण गरिएको छ ।