
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएकाे छ । प्रतिबन्ध फुकुवापछि केन्द्रीय समितिको १० औं पूर्ण बैठक बिहीबार कपिलवस्तुमा सुरु भएको थियो ।
सरकारसँग भएको सहमतिअनुसार जेलमा रहेका नेताहरुको सहभागितासहित केन्द्रीय समिति बैठक बस्न खोजेपनि त्यो सम्भव भएको थिएन । नेताहरु छुट्ने सरकारले दिएको समयमा पनि नछोडेपछि बैठक बसेको थियो ।
एक केन्द्रीय सदस्यका अनुसार बैठले सरकारसँग भएको तीन बुँदे सहमतिलाई अनुमाेदन गरेकाे छ । साथै, त्यसको समिक्षा पनि गरेको छ । सहमतिअनुसार सरकारले नेताहरुलाई नछोडेको भन्दै बैठकमा केही केन्द्रीय सदस्यहरुले गम्भीर प्रश्न उठाइरहेका छन् ।
तीन बुँदे सहमतिलाई आफ्नो पार्टीले पूर्णरुपमा पालना गर्ने बैठकले निर्णय गर्ने बताइएको छ । साथै, सहमति कार्यान्वयनको लागि सरकारको ध्यानाकर्षण गराउने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
त्यसैगरी देशभर कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर सापेक्षतामा अभियान जारी छन् । जबसका भेला सम्मेलन जारी थिए तर कोरोना संक्रमणले प्रभाव पारेको छ ।
कोरोना भाइरसको बढ्दो संक्रमणबाट अलपत्र परेका नागरिकलाई उद्धार र राहतमा जुट्न देशभरीको पार्टी परिचालन गर्ने निर्णय गर्ने बताइएको छ । यसअघि भूकम्पको बेला पनि नेकपाले पार्टीका नेता कार्यकर्ता परिचालन गरेको थियो ।
सरकारसँग भएको सहमतिमा जेलमा रहेका पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’, केन्द्रीय सदस्यहरु भरत बम ‘रणवीर’, वीरजङ्ग, माइला लामा, आदर्शलगायत डेढ सय नेता–कार्यकर्ता अझै जेलमै छन् ।