आज :

समाचारको विषयलाई लिएर उज्यालो नेटवर्कमा प्रहरी हस्तक्षेप, कार्यकारी सम्पादक र महाप्रबन्धक गि’रफ्तार

काठमाडौं । समाचारको विषयलाई लिएर उज्यालो नेटवर्क अनलाइनमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार प्रहरीले कार्यालयमै प्रवेश गरेर कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ गरेको छ । आजै प्रहरीले महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पनि बसुन्धाराबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोली ज्यालो नेटवर्कको अनामनगरस्थित कार्यालयमै प्रवेश गरी नियन्त्रणमा लिएका तामाङलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

उक्त अनलाइनले केहीदिन पहिले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो । पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेको थियो ।

प्रहरीले पत्रकारमाथि धरपकड गर्न थालेपछि उच्च अदालत पाटनले गि रफ्तार नगर्न प्रहरीका नाममा आदेश दिएको थियो । तर, जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति बोकेर आइतबार दिउँसो प्रहरी कार्यालयमा प्रवेश गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनीहरुलाई राज्य विरुद्धको कसुर र लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघलगायत विभिन्न संघ संगठनले समाचारको विषयलाई लिएर माफी मागिसकेको विषयलाई लिएर पत्रकार पक्राउ गरिएको भन्दै विरोध जनाएका छन् ।

महासंघ काठमाडौँ शाखाका सचिव महेश्वर गौतमले विज्ञप्ति जारी गरेर पक्राउ गरिएका पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेका छन् । धरपकड नगर्न भनि अदालतले दिएको आदेशको उलंघन गरेको भन्दै प्रेस स्वतन्त्रतामाथिको प्रहरीले हस्तक्षेप गरेको बताएका छन् ।

प्रेस विज्ञप्ति

उज्यालो नेटवर्क डटकम अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य श्याम तामाङ ‘अनिस’ लाई प्रहरीले गि’रफ्तार गरेको घटना प्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

गत ९ बैशाखमा सम्मानित उच्च अदालत पाटनले समाचार छापेकै आधारमा कानुन विपरित हुने गरी धरपकड गर्ने कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको अवस्थामासमेत अदालतको आदेश विपरित कार्यालयमा नै गएर प्रहरीले धरपकड गरेको र क्यामेरा तथा मोबाइल सहितका संचार सामग्रीसमेत जफत गरेको घटना निन्दनीय छ ।

संविधानद्धारा नै पदत्त प्रेस स्वतन्त्रताको बर्खिलाप हुने गरी तथा अदालतको आदेशकोसमेत ख्याल नगरी एवम् समाचार प्रकाशन गर्ने संस्थासमेतबाट समाचारको खण्डन गरिसकेको अवस्थामा नीज पत्रकारलाई गरिएको पक्राउको हामी घोर भत्र्सना गर्दछौं ।
प्रकाशित समाचारको विषयमा असहमती भए कानुनी उपचार खोज्ने बाटो हुँदा हुँदै पत्रकारलाई नै गिरफ्तार गर्नु दुःखद्समेत हो ।

महासंघ काठमाडौं शाखा प्रहरीद्धारा गिरफ्तार गरिएका नीज पत्रकारलाई बिनाशर्त तत्काल रिहा गर्न, जफत गरिएका संचार सामग्री जस्ताको तस्तै यथासिघ्र फिर्ता गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रेसमाथिको हस्तक्षेप बन्द गर्न पत्रकार महासंघ काठमाडौं शाखा सम्वन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छ ।

अन्यथा पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा नगरिए महासंघ आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिन चाहन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal