
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली जनता सामान्तवादलाई समाप्त गर्न सफल भएपनि सत्ता हातमा नाएको बताएका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसको अबसरमा विज्ञप्ति जारी गरेर नेपालको सत्ता दलाल पुँजीवादी वर्गको हातमा रहेको तर संकट र असफलताले सत्ता परिवर्तन गर्न र वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने असाधारण परिस्थिति तयार भएको बताएका छन् ।
“आज नेपाली जनताका सामन्तवादलाई समाप्त गर्न सफल भएका छन् तर सत्ता जनताको हातमा आएको छैन, दलाल पुँजीवादी वर्गको हातमा छ । तर, दलाल पुँजीवादी सत्ताको संकट एवं असफलताले यो सत्तालाई परिवर्तन गर्न र वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्न असाधारण परिस्थिति तयार भएको छ” विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेकपाको प्रमुख उद्देश्य नेपालको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई आमूल परिवर्तन गरेर देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु रहेको विप्लवले उल्लेख गरेका छन् । आफ्नो पार्टीले देशमा व्याप्त भ्रष्टाचार, करछली, तस्करी, महंगी, राष्ट्रघातका विरुद्ध इमान्दारीतापूर्वक संघर्ष गरेको बताउँदै राज्य र नेकपाबीच अनेकौं दमन र प्रतिरोध श्रंखलाहरुले चलेको बताए । उनले आफ्नो पार्टी र राज्यका बीचमा वार्ता भई ३ बुँदे सहमति घोषणा भएको बताए ।
महासचिव विप्लवले नेकपामाथिको प्रतिबन्ध हटेको तर अझै पनि पार्टीका नेता कार्यकर्ताहरु जेलमा बन्दी बनाइएको, मुद्धाहरु खारेज भइनसकेको उल्लेख गरेका छन् । सरकार र नेकपाबीचको सहमतिलाई बिथोलेर पारेर धमिलो पानीमा माछा मार्नै चाहेको बताउँदै विप्लवले सहमतिलाई इमान्दारीपूर्वक छिटोभन्दा छिटो लागु पर्ने जिम्मा आएको बताए ।
त्यसैगरी विप्लवले देशलाई युगान्तकारी निकास चाहिएको बताउँदै सबै वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी एवं कम्युनिस्ट शक्तिहरुलाई एकतावद्ध हुन र संसदीय व्यवस्थाको स्थानमा जनताको चाहनालाई प्रतिनिधित्व गर्नसक्ने वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने दिशमा निर्भीकतापूर्वक अगाडि बढ्न अपील समेत गरेका छन् ।
विज्ञप्तिको पूर्णपाठः