आज :

आजको मौसमः तराईमा भारतबाट आएको घातक तुवाँलो, पहाडमा हवा हुरी र चट्याङ

काठमाडौँ । फेरि देशका तराई क्षेत्रमा तुवाँलो लागेको छ । मंगलबार रातिबाट भारतबाट आएको तुवाँलो तराईका अधिकांश ठाउँहरुमा फैलिएको छ । भारतबाट आएको धुवाँ र तुवाँलो काठमाडौँसम्म पुगेको मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित पहाडी जिल्लामा पनि अहिले ‘भिजिबिलीटी’ कम रहेको छ भने केही स्थानमा मेघ गर्जनसहित हावा हुरी चलेको छ । मौसमविद् समीर श्रेष्ठका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकीलगायत प्रदेशका पश्चिमी क्षेत्रमा बहानैदेखि मेघ गर्जनसहितको पानी पर्न लागेको श्रेष्ठले जानकारी दिए ।

पश्चिमी वायुको प्रभाव र अरब सागरबाट जलवास्पयुक्त हावा नेपाल प्रवेश गरेकोले पश्चिमी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् श्रेष्ठले बताए । सो क्षेत्रमा दिउँसो पनि मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

केही दिन पहिले मात्रै काठमाडौँसहित देशका अधिकांश क्षेत्रमा घातक तुवाँलोले ढाकेको थियो । काठमाडौँ विश्वकै पहिलो प्रदुषित शहरको सूचीमा पुगेको थियो । तुवाँलो नफाटेपछि तीनदिनको लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका थिए । त्यसपछि केही दिन हावा हुरी र वर्षासँगै तुवाँलो फाटेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal