
काठमाडौँ । आजबाट कोरोनाविरुद्धको खोपको दोस्रो चरण सुरु भएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकाहरुलाई आजबाट दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अभियान वैशाख ११ गतेसम्म जारी रहनेछ ।
गत माघ १४ देखि फागुन १० सम्म पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलाई लगायतलाई दोस्रो मात्रा लगाइने छ ।
खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।
यसैबीच कोरोनाको नयाँ प्रजातिसहित संक्रमण तीब्र बन्दै गएको छ । नेपालमा संक्रमित ५० जनाभन्दा मुनि झरेको थियो भने सोमबार करिब १३ जनामा संक्रमण पुष्टि भयो । संक्रमण बढ्दै गएपछि सरकारले आजबाट शहरी क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरेको छ ।
त्यसैगरी पार्टी प्यालेस, फिल्म हल बन्द गर्ने निर्णय पनि गरेको छ । विवाहमा बढीमा २५ जना मात्रै सहभागी हुन पाइने भएको छ ।