आज :

लुम्बिनी प्रदेशमा जसपाको सरकारलाई साथ, अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने चारजना मन्त्रीमा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अबिश्वस प्रस्तावमा फेल हुने भएको छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादीका सांसदहरु मन्त्रीमा नियुक्त भएसँगै यो अवस्था आएको हो ।

जसपाका केन्द्रीय नेताहरुले सरकारलाई साथ दिन निर्देशन गरेसँगै अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकामध्ये बिजय यादव सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने भएका छन् ।

तीन जना मन्त्री र एकजना राज्यमन्त्रीमा नियुक्त भएका छन् । उनहरुलाई आज साँझै शपथ खुवाउने तयारी भइरहेको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अबिश्वास प्रस्ताव दर्ता गरेको दुइघण्टा नबित्दै जसपाका सांसदहरु सरकारमा सहभागी भएका हुन् । अविश्वास दर्तासँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिदै दुई जना मन्त्रीले राजिनामा दिएका थिए ।

विहान नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुबीच अविश्वास प्रस्ताव दर्ता गर्ने सहमति भएको थियो । सो सहमतिसँगै माओवादी केन्द्रका दुइजना मन्त्रीले राजिनामा दिएका थिए ।

मुख्यमन्त्री पोखरेलले रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालय र अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरेका हुन् ।

सरकार टिकाउन मुख्यमन्त्री पोखरेलले सामाजिक बिकास मन्त्रालय बिभाजन गर्ने तयारी गरेका छन् । जसपालाई चार मन्त्रालय दिनुपर्ने भएकोले मन्त्रालय विभाजन गर्न लागिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal