आज :

कोरोनाको दोस्रो लहरः विद्यालयहरु बन्द गर्ने सरकारको निर्णय, २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिएपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । बैशाख मसान्तसम्म विद्यालय विद्यालय बन्द गर्ने निर्णयसँगै सबै .शैक्षिक संस्थाहरुले अनलाइन कक्षा संचालन गर्न भनिएको छ ।

मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

नेपालमा कोरोनाको दोस्रो लहरप्रति लापरवाही भइरहेको भन्ने विज्ञहरुको कडाई गर्न चेतावनी दिइरहेका थिए । कोरोनाको नयाँ प्रजाति बालबालिका तथा युवा पिढिलाई बढी संक्रमण गर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताएका थिए । उनले कोरोनाका नयाँ भेरियन्ट झन् शक्तिशाली भएको भन्दै बालबालिका बढी जोखिममा रहेको बताएका थिए ।

सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वैशाख मसान्तसम्म शहर क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर मन्त्रिपरिषदले निर्णय नगरेपछि मन्त्रालयले काठमाडौं उपत्यकासहित १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको थियो ।

यसैगरी मन्त्रिपरिषद्को सोमबारको बैठकले विद्यालयका साथै सिनेमा हल, पार्टी प्यालेस, रंगशाला लगायतका भीडभाड हुने क्षेत्र पनि बन्द गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal