आज :

प्रतिनिधिसभाको अधिवेशन अन्त्य, लुम्बिनी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रपनि विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अन्त्यको लागि सिफारिस गरेको थियो ।

मंगलबार प्रतिनिधिसभा बैठक बोलाइएको थियो । उक्त बैठकमा विपक्षीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको चर्चाबीच संसद बैठक अन्त्य गरिएको छ । राष्ट्रपति भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी छन् ।
सर्वोच्च अदालतले विघठित संसदलाई ब्युँताएको थियो । सर्वोच्चको आदेशअनुसार फागुन २३ गते संसद बैठक बोलाइएको थियो । संसदका बैठकहरुले खासै ठोस निर्णय गर्न सकेनन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलहरुले सरकारविरुद्ध अविश्वास प्रस्तावको तयारी गर्न समेत भ्याएनन् । प्रधानमन्त्री ओलीले गत पुस ५ मा संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । उक्त निर्णय असंवैधानिक भन्दै सर्वोच्च अदालतमा मुद्धा परेको थियो ।

सर्वोच्च अदालतले फागुन ११ गते सर्वोच्चले संसद विघटन बदर गरेपछि सरकारले फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाएको थियो । तर चालु अधिवेशनमा संसदमा कुनै विधेयकमाथि छलफल भएन ।

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसीलाई अगाडि सारिएको छ ।

प्रदेशसभामा कुल ८७ सदस्यीय प्रदेशसभा सदस्यमध्ये दुई जना पदमुक्त भइसकेका छन् । अब नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ । एमाले एक्लैसँग ४१ प्रदेशसभा सदस्य छन् । उसलाई सरकार टिकाउन २ सदस्य अवश्यक देखिएपनि कर्णाली प्रदेशमाझैं नेता माधव कुमार नेपाल समूहले यहाँ पनि सरकार ढलाउन महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ ।

प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal