आज :

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथ आज

सुर्खेत । फ्लोर क्रसपछि मन्त्रीमा नियुक्त भएका तीन मन्त्रीलाई पद तथा गोपनियताको सपथ खुवाउने तयारी गरिएको छ । कर्णाली प्रदेशसभामा पार्टीको ह्पीव उलंघन गरेर सरकारलाई विश्वासको मत दिलाउन महत्वपूर्ण भूमिका खेलेका नन्दसिंह बुढा, अमरबहादुर थापा  र कालिकोटका कुर्मराज शाहीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमा नियुक्त गरेका थिए ।

कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीका अनुसार आज साँझ तीनै जना मन्त्रीलाई शपथ खुवाउने कार्यक्रम तय गरिएको छ । प्रदेश सरकारले शनिबार नै प्रदेश प्रमुखलाई पत्र पठाइसकेको थियो ।

शनिबार मुख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।

अमरबहादुर र कुर्मराज पहिलोपटक मन्त्री बनेका हुन् भने नन्दसिंह पहिले पनि मन्त्री थिए । पहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका बुढालाई अहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । पहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेकी विमला केसीलाई भने आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

फ्लोर क्रस गरेका एमालेका अर्का सांसद प्रकाश ज्वाला भने मन्त्री बनेका छैनन् ।

पार्टीको ह्वीप नमानेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीलाई साथ दिएको भन्दै एमालेले तीजनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal