
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बैठक बोलाइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने बताइएको छ ।
सर्वदलीय बैठकमा कोरोना महामारीलाई नियन्त्रण गर्न लकडाउन गर्नेलगायतका विषयमा पनि छलफल हुने बताइएको छ । कोरोना तीब्र गतिमा फैलिएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ । त्यहीअनुसारको तयारी गर्न सबै निकायलाई निर्देशन पनि सरकारले गरेको छ ।