आज :

यस्ता कारवाहीको अर्थ छैन, अन्य प्रदेशमा फ्लोर क्रस हुन्छ: प्रकाश ज्वाला

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलले फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाहीको सिफारिस गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेपछि बसेको एमाले संसदीय दलले चारै जना सांसदहरुसँग स्पष्टिकरण माग समेत गरेको छ ।
शुक्रबार पार्टी संसदीय दलको ह्वीप उल्लंघन गर्दै प्रकाश ज्वाला, अम्बरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।

प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहका अनुसार चारै जना सांसदहरुलाई कारवाही गर्न पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ ।

यसैबीच सांसद प्रकाश ज्वालाले पार्टी केन्द्रकै निर्देशनमा आफूहरुले फ्लोर क्रस गरेको बताएका छन् । उनले पार्टीमा एकलौटी गर्ने प्रवृतिविरुद्ध फ्लोर क्रस गरेको बताए । उनले सिंगो एमाले एक ढिका बनाउन फ्लोर क्रसले सहयोग गर्ने दाबी समेत गरे ।

एकलौटीरुपमा पार्टीनै भद्रगोल बनाइरहेको बेला कारवाहीको कुनै अर्थ नहुने बताए । उनले आफूहरुको निर्णयले पार्टीको नाममा गरिने कारवाहीको कुनै प्रवाह नगर्ने बताए ।

सांसद ज्वालाले पार्टी कब्जा गर्ने र एकलौटी गर्ने प्रवृत्ति पराजित हुनुपर्छ भन्ने सन्देश दिन फ्लोर क्रस गरिएको पनि बताए । उनले पार्टीलाई एकतावद्ध नगरी सुखै छैन भन्ने सन्देश दिन फ्लोर क्रस गरेको बताए । पार्टी एकतावद्ध नबनाएसम्म यस्तो समस्या अरु ठाउँमा पनि देखिने बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकलौटीरुपमा कब्जा गरेकै कारण आफूहरु यस्तो निर्णयमा पुगेको ज्वालाले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal