
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । नेकपा एमालेले पेश गरेको अविश्वास प्रस्ताव पेस गरेको थियो ।
शुक्रबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री शाहीले आफ्नो सरकारलाई विश्वासको मत रहेको दाबी गरेका थिए । एमालेले पेस गरेको अविश्वास प्रस्ताव र मुख्यमन्त्री शाहीले विश्वासको मतमाथि मतदान भएको थियो ।
मतदानमा ३७ सांसद सहभागी भएका थिए । जसमध्ये २२ जना सांसदहरुले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । त्यसैगरी एमालेले पेश गरेको अविश्वास मतमा १५ मत मात्रै परेको थियो ।
प्रदेशसभामा एमालेका १९ सांसद रहेका छन् । एमाले सांसदहरुले फ्लोर क्रस गरेका छन् । नेपाली काँग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मतादान गर्ने निर्णय गरिसकेका थियो ।
प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२ र नेपाली काँग्रेसका ६ सांसद मात्रै बहुमत पुग्दैन थियाे ।
एमालेले विपक्षमा मतदान गर्न सांसदलाइ ह्वीप लगाएकाे थियाे तर ४ जना सांसदहरूले उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका छन् । पार्टीको ह्वीप नमान्ने एमाले सांसदहरुमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा रहेका छन् ।